Websoft University

महिलाहरूले हरीतालिका तीज धुमधाम मनाए


मोहन कुमार राई -भाद्र २७ गते । रातो तारा डट कम,
संखुवासभा-हिन्दू नारीह?को महान् चाड हरितालिका तीजको
अवसरमा निरहार, निर्जला ब्रत वसी विविध कार्यक्रमका साथ धुमधाम तीज पर्व मनाएका छन् ।

सिद्धकाली महिला सशक्तिकरण समिति र महिला अधिकार मञ्च चैनपुरको संयुक्त आयोजनामा सिद्धकाली मन्दिरमा लोक नृत्य प्रतियोगिता सञ्चालन भएको महिला सशक्तिकरण समितका अध्यक्ष एव कार्यक्रमका सभापति हेमकुमारी चौहानले वताउनुभयो ।

चैनपुर नगरपालिकाका उप प्रमुख मुना श्रेष्ठको प्रमुख
आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न १० टिमले लोक नृत्य प्रतियोगितामा सहभागी भएका थियो । कार्यक्रममा नगरपालिकाका प्रशाकिय अधिकृत अर्जुन निरौला,सिद्धकाली नगर परिषदका अध्यक्ष भाष्कर सिंखडा, कुमारबाबु अधिकारी, चैनपुर ३ नं वडाध्यक्ष बलबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रम सञ्चालिका नमिता अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सिद्धकाली महिला सञ्जाल द्धारा सञ्चालित ४० हजार बराबरको घुम्ती कोष वितरण समेत गरेको थियो । प्रत्येक वर्ष एकल तथा विपन्न महिलाहरूलाई जनही ५ हजारको दरले वडा नं.२ र ३मा रहेको ८ वटा टोलमा एक वर्षको लागि निव्र्याजी रूपमा आयआर्जन वढाउने उद्देश्यले घुम्ती कोष सञ्चालन गरेको सभापती चौहानले वताउनुभयो ।

विवाहित महिलाले आफ्नो श्रीमानको दिर्घायूको कामना गर्दै र
अविवाहित महिलाहरूले शुयोग्य वरको कामनाका साथ मनाउने यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिनसम्म मनाउनेगरेको पाइन्छ ।

तीज पर्वको अवसरमा चैनपुरको टुडीखेल, वानेश्वरको शिव
मन्दिर, सिद्धकाली मन्दिर, मादीको देवढुंगा, डागीगाउँको
शिवालय मन्दिर, तुम्लिङटारको मनकामना मन्दीर, नागेश्वर महादेव गुफा, गुप्तेश्वर महादेव गुफा लगायतका जिल्लाका शिव मन्दिरहरूमा पुजा आरधना तथा नाचगान र मनोरञ्जनका लागि महिलाहरू जम्मा भएका थिए ।

तीज पर्वकै अवसरमा जिल्लाको विभिन्न ठाउँमा केही दिन अगावै देखि सामुहिक रूपमा दर खाने, नाचगान गर्ने लगायतको कार्यक्रम सञ्चालन थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.