Websoft University

सही नक्शा प्रयोगमा ल्याउन आग्रह

काठमाडौँ, भदौ २८ गते । रातो तारा डट कम, नेकपा (माले) ले नेपाली भूभागसहितको नेपालको नक्शा नेपालमै छपाएर प्रयोग र बिक्रीमा ल्याउने व्यवस्था अविलम्ब मिलाउन सरकारसंँग माग गरेको छ । पार्टीको हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकले मुलुकको पश्चिमी सिमानामा पर्ने लिपुलेकदेखि लिम्पियाधुरासम्मको करीब ३१० वर्ग किलोमिटर जमीन भारतमा गाभेर छापिएको नक्शाबारे छानबिन गर्न माग गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीले कञ्चनपुरकी निर्मला पन्तको हत्याको घटनामा संलग्न दोषीलाई चाँडो पहिचान गरी कानूनी कारवाही गर्न आग्रह गर्नुभएको छ । चाडपर्वमा गरीब जनताको जीवनयापन नै अत्यन्त कठिन हुने गरी वृद्धि भइरहेको कालोबजारी, महँगी, एकाधिकार, बिचौलिया प्रणाली आदि नियन्त्रण गर्न आग्रह गर्दै पार्टीले केन्द्रीय सरकारले निर्दिष्ट गरेको भन्दा बढी कर तथा राजश्व नउठाउन समेत स्थानीय तहलाई आग्रह गरेको महासचिव मैनालीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.