Websoft University

ज्यान मार्ने उधोगका फरार ३ पक्राउ


सुनसरी, साउन २४ गते । रातो तारा डट कम
सुनसरी प्रहरीले धारिलो हतियार प्रहारबाट ज्यान मार्ने उधोग गरी फरार रहेका ३ जनालाई बिहिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  सुनसरी जिल्ला रामधुनी नगरपालिका-६ बस्ने वर्ष २१ को साजन चौधरी, रामधुनी नगरपालिका-१ बस्ने वर्ष १७ को अमित सरदार र सोही स्थान बस्ने वर्ष १७ को रोहित चौधरी रहेका छन् । 

२०७५ साल असार ३० गते विहान अन्दाजी ०१:४५ बजेको समयमा पक्राउ परेका साजन चौधरीसहित २/३ जनाको समुहले जिल्ला सुनसरी रामधुनी नगरपालिका-१ बस्ने लक्ष्मी चौधरीको घरमा पाहुना आएका सुनसरी तरहरा घर भई हाल काठमाण्डौ जोरपाटी-६ बस्ने वर्ष २५ को आदित्य माधव भन्ने अनिल कुमार चौधरीलाई सुतिरहेको अवस्थामा धारिलो हतियार तथा लाठीले प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका थिए ।

घटनामा संलग्नहरुको इलाका प्रहरी कार्यालय पकलीले खोजतलाश गर्ने क्रममा मुख्य अभियुक्त साजन चौधरीलाई बिहिबार बिहान पक्राउ गरेपछि घटनामा संलग्न अन्य समेत वारदातमा प्रयोग भएको फलामको दाउ (कट्टी) र काठको डण्डी सहित पक्राउ पर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई बिहिबार सम्मानित अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.