Websoft University

चोरीको सामान सहित २ जना पक्राउ


सुनसरी, साउन २४ गते । रातो तारा डट कम,सुनसरी जिल्लाको ईटहरी बसपार्कबाट प्रहरीले चोरीको सामान सहित २ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका ९ बसपार्क स्थित शमशेर गिरीको पसलको सटर फुटाई नगद तथा मोवाईल चोरी गर्ने धनकुटा जिल्ला चानुवा ६ बस्ने वर्ष २१ को मिलन तामाङ र सुनसरी बराह नगरपालिका ३ बस्ने वर्ष १९ को बिटु थापालाई चोरीको समान सहित बिहिबार इलाका प्रहरी कार्यालय ईटहरीको प्रहरीले पक्राउ गरेको हो ।

गिरीले आफ्नै घरको भुँई तलामा संचालन गरेको पसलमा चोरी भए पछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गर्दा चोरीमा सोही घरमा डेरा लिई बसेका तामाङ र थापाको संलग्नता देखिएपछि उनीहरुको कोठा खानतलाशी गरेका थिए ।

कोठाबाट नगद ८ हजार ७ सय ७० रुपैया, विभिन्न कम्पनीको मोवाईल फोन ६ थान, लाभा कम्पनीको ट्याप्लेट १ थान,ताल्चा फुटाउन प्रयोग हुने औजारहरु (साइकलको चेन १ थान, सानो कैची १ थान र पिलास २ थान तथा लागूपदार्थ जन्य ट्याब्लेट र गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.