मोहन कुमार राई - साउन १९ गते ।
रातो तारा डट कम,संखुवासभा÷चैनपुर नगरपालिका वडा नं. ४ स्थित खेकुवाखोला तर्ने क्रममा खड्ग बहादुर लिम्बूको चिप्लिएर लडी मृत्यु भएको छ ।
इटहरीबाट घर फर्कँदै गरेका ५५ वर्षे लिम्बू साझ ७ः३० बजे घर नजिकै रहेको खेकुवा खोला तर्नेक्रममा चिप्लिएर लड्दा पानीको छागामा परी मृत्यु भएको थियो । मृतक लासलाई थप अनुसन्धान पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य चौकी चैनपुर लगिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
यसैगरी सभापोखरी गाउँपालिका वडा नं. ६ वस्ने चमकमान तामाङकी श्रीमती टंकमाया तामाङ सोही गाउँपालिका को सिमचुवा स्थित माइति घरबाट आफ्ना घर फर्ककने क्रममा हाङदुवा खोला तर्ने क्रममा खोलाको ढुंगामा चिप्लिएर मृत्यु भएको थियो ।
मृतक लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल संखुवासभा खाँदवारी लगीएको र थप अनुसन्धानकार्य समेत जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Post a Comment