उदयपुर, भाद्र ३ गते । रातो तारा डट कम,
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-फत्तेपुर सडक खण्डमा भाद्र ३ गते शनिबार अपरान्ह ३ बजे मोटसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
सिवाईबाट फत्तेपुरतर्फ जादै स २ प ९१७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर जिल्ला जोगीदह बस्ने वर्ष ३२ को सुमन कुमार चौधरी र पछाडी सवार जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका-७ बस्ने वर्ष १९ को प्रदिप चौधरी घाइते भएका हुन् ।
घाइते दुबै जनाको लहान अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको नियन्त्रणमा रहेका छन् ।

Post a Comment