Websoft University

मुलुकी (देवानी)र फौजदारी संहिता २०७४ लाइ पुर्ण प्रेस मैत्री बनाउन महासंघको माग


काठमाडौ भाद्र ३ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले देहायका निर्णयहरु ग¥यो।

यही भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४,मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन बैठक पुनः माग गर्दछ ।

बैठकले संशोधन नभएसम्म सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि संहिताका बुँदाहरु कार्यान्वयन नहुने व्यवस्था मिलाउन सरकारसंग जोडदार माग गरेको छ । संहिताको तत्काल संशोधनका लागि महासंघले केन्द्र, प्रदेश र जिल्ला स्तरबाट विभिन्न दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सथै बैठकले न्यूनतम पारिश्रमिक वृद्धि र सरकारी सञ्चारमाध्यमबाट बिनाकारण निष्कासित पत्रकारको पुनर्वहालीलगायतका मुद्दामा सम्बन्धित निकायहरुलाई दबाब दिने निर्णयसमेत भएको महासंघका महासचिव प्रकाश थापाले रातो तारा लाइ जानकारी गराउनु भएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.