Websoft University

गंगा गौतम र अञ्जु गौतमको तिज गित एल्वम एकै ठाऊँबाट विमोचित।


शिव भट्टराई - भाद्र ३ गते । रातो तारा डट कम,
पुर्वका चर्चित लोक गायिका अञ्जु गौतम र गंगा गौतमको तिज गितको एल्वमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच गरेकी छन्।हिन्दू महिलाको महान पर्व तिजलाई लक्षित गरी गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्को को गायिका भटटराईले विमोचन गरेकी हुन ।

 गायिका अञ्जुको नयाँ एल्वममा दुई र गंगाको नयाँ एल्वममा तिन बटा गित रहेको जनाइयो। एल्वम विमोचन कार्यक्रममा लोक गायक बालकृष्ण कार्की र साहित्यकार मनु मञ्जीलले एल्वमका विषयमा समिक्षा गरेका थिए ।

कार्यक्रममा दुवै गायिकाले एल्बममा भएका आफ्ना गीत ट्रयाकमा गाएका थिए भने ती गीतको भिडियो पनि देखाइएको थियो ।

स्थानीय कलाकार लिएर इटहरी आसपासकै परिवेशमा गीतको अधिकांश भागको रेकर्डिङ गरिएको गायिकाहरुले बताए ।

कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो ।

एल्वम विमोचन कार्यक्रममा गायिका अञ्जुले बर्ष दिनको तिजैमा मादलुको तालमा भन्ने गीत गाएर सुनाईन् भने गंगा गौतमले माइतीको देश भन्ने गीत गाएर सुनाईन्।कार्यक्रममा गायिकाद्धयका गितहरुको म्युजिक भिडियो समेत सार्वजनिक गरियो ।

कार्यक्रममा लोकगायन क्षेत्रमा लामो समय देखि सक्रिय भएको भन्दै गायक सुरेश गन्र्धव , नृत्यगा निलम ढुंगाना र समाजसेवी राधिका कार्कीलाई सम्मान गरियो ।

पुर्वाञ्चल डिजिटर रेकडिगं स्टुडियोका अध्यक्ष रुद्र श्रेक्ष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वका विभिन्न स्थानका कला साहित्यका क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.