Websoft University

कान्तिपुर ओभरसिजमा छापा

(फायल फोटो)

काठमाडौँ,भदौ ४ गते । रातो तारा डट कम वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने सामाखुशीस्थित कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा छापा मारेको छ ।

उक्त मेनपावरले पूर्वस्वीकृति नलिई कतार पठाइदिने भन्दै प्रतिव्यक्ति रु एक लाखसम्म असुल गरी अन्तरर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारेको विभागका निर्देशक उद्धवबहादुर रिजालले जानकारी दिनुभयो । विभागले उक्त मेनपावरको गतिविधि शङ्कास्पद देखिएको भन्दै सम्पूर्ण कागजात नियन्त्रण लिई कामकारवाहीमा रोक लगाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.