मोरङ, भाद्र ४ गते । रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय रानीले १ लाख ७० हजार रुपैया बराबरको अवैध समान सहित मोटरसाइकल भन्सार बुझाएको छ ।
सीमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत उक्त कार्यालयबाट खटिएको टोलीले मोरङ जिल्ला विराटनगर-१८ स्थित रेल्वे लाईनबाट भन्सार छलेको प्लाष्टिकको कुर्सी, बोईलर कुखुरा सहित बिआर-३८-एम-३९९५ नम्बरको मोटरसाइकल बरामद गरी आईतबार विराटनगर भन्सार कार्यालयमा बुझाएको हो । सामान सहित पक्राउ परेका भारत मुर्सीदाबाद बस्ने वर्ष ३० को तोरुकल शेख र जिल्ला अरिरिया हाजिमला बस्ने वर्ष २० की खसिना खातुनलाई नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको छ ।
Post a Comment