सोलुखुम्बु, साउन १९ गते । रातो तारा डट कम
सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका-४ स्थित गोकियो तालमा पौडी खेल्ने क्रममा तीन जना विद्यार्थी डुबेर बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।
स्थानीय खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएका खुम्जुङ गाउँपालिका-५ बस्ने वर्ष १७ को पेम्बा दोर्जे शेर्पा, वर्ष १६ को पेम्बा नुरु शेर्पा र सुनिल बराईली तालमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर शनिबार बिहान १०:४५ बजे प्रहरी चौकी खुम्जुङमा प्राप्त भएको हो ।
बेपत्ता किशोरहरुको स्थानीय गाउँले र प्रहरीको टोली मिलेर खोज तलाश कार्य भईरहेको प्रहरी चौकी खुम्जुङले जनाएको छ । उक्त विद्यालयका शिक्षक छुङजिङ दोर्जे शेर्पा, रन्जित बल र १ जना कार्यालय सहयोगी सहित कक्षा ९ मा अध्ययनरत ३२ जना बिद्यार्थीहरु शुक्रबार शैक्षिक भ्रमणमा गोकियो ताल अवलोकन गर्न गएका थिए ।
Post a Comment