बिराटनगर, साउन २ गते । रातो तारा डट कम,बिराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५मा रु ३२अर्व ८१ करोड राजश्व संकलन गर्न सफल भएको कुरा कार्यालय प्रमुख मिमांसु अधिकारीले रातो तारा लाई जानकारी गराउनु भयो ।
यो प्रगति भनेको वार्षिक लक्ष्य रु ३१ अर्व २४ करोडको तुलनामा १०५Þ.०२ प्रतिशत वढी हो भन्नुभयो । आ व ०७३÷७४मा यस कार्यालयबाट रु २४ अर्व ३५ करोड संकलन गरेको थियो ।
कुल संकलनमा भ्न्सार महसुल रु १३ अर्व ८५ करोड अन्तःशुल्क रु १४ अर्व २८ करोेड र मुल्य अभिवृद्धि कर रु १७ अर्व ५३ करोड रहेको थियो । यस वाहेक सडक सुधार दस्तुर वापतको रु समेत संकलन भएको हो ।
यस भन्सार कार्यालयबाट आयातहुने वस्तुहरुमा पेट्रोलियम उत्पादनहरु चिनी सि आर सिट मोटरसाईकल विलेट पोलिथिनदाना लगायत छन । आ व २०७४÷७५मा रु १ अर्व ४६अर्वको मालवस्तु आयात भएको थियो , जुन गत आ व ०७३÷०७४को रु १ खर्व १७ अर्वको तुलनामा २४Þ,९५ प्रतिशत बढी राजश्व संकलन भएको बताईएकोछ ।
२०७४ साउन देखि ०७५ को असार सम्म भारत तथा समुन्द्रपारबाट पैठारी भई हाईस्पीड डिल,चिनी,सि आर सीट,पेट्रोल,मोटर साइकल,एम एस विलेट,पोलिथिन दाना,स्टील वयार रड इनक्वायल र एम एस सीट,एच आर सीट,तयारी कपडा,समेतका बस्तको परिणाम ६६,३२,३३१५२ छ भने,यसको मुल्य रु ५६९२२७३४४,छ यस बाट १३३१७८७२ महसुल उठेको थियो ।
त्यसैगरी नेपालबाट पैठारी भइ जाने पिना र अन्य,भेनीयर सिट,बन्सपती उत्पादनहरु,चोकर,जुटका कपडा र सामानहरु,बोरा इाोला,अलैची,अन्य रेसाको कपडा जी आई वायर,समेतका बस्तुको परिणाम ३६३५०५६८०,छ भने यसको मुल्य रु १८३१६४३९ को महसुल रु १६६२३, अर्थात गत वर्षको तुलनामा यो वर्ष निर्यात तर्फ ११। ६२ प्रतिशतले बृद्घिभएकोछ ।
यो कुरा माथि उल्लेख भए पनि सजिलै बुइनका लागि ०७४÷०७५को राजश्व लक्ष्य रु ३१२४४८८१ थियो भने साउन देखि असार मसान्त सम्मको उठेको रकम रु ३२८१२६८९ छ र यसको प्रतिशत १०५।०२ प्रतिशत हो ।
Post a Comment