Websoft University

चिनियाँ टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु

(फायलफोटो)

काठमाण्डौं, साउन ३ गते । रातो तारा डट कम, चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदी तटबन्धका लागि प्रारम्भिक सर्वेक्षणको काम शुरु गरेका छन् । चिनियाँ प्राविधिक याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले हिजोदेखि सर्वेक्षण शुरु गरेका हुन् । टोलीमा केही पूर्वाधार विज्ञ छन् भने अरु प्राविधिकहुन् ।

टोलीले झापाको मावा, रतुवा, कमलबनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिड्ग, निन्दा र हडिया नदीको तठबन्धका लागि काम गर्ने छ । टोलीले पहिलो दिन आज झापा र मोरङमा पर्ने मावा नदीको अध्ययन गरेको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लाका मुख्य सबै नदी नियन्त्रण गर्न गुरुयोजना बनाउने उद्देश्यले चिनिया प्राविधिक टोलीले स्थलगत अध्ययन शुरु गरेको हो । ती नदीहरूको अध्ययन गरी टोलीले सरकारलाई प्रतिवेदन बुझाउनेछ । त्यसै आधारमा यसै वर्षदेखि तटबन्धको काम शुरु गर्ने सरकारी तयारी छ ।

चिनीयाँ टोलीले १५ दिन जिल्लामा बसेर झापाका मुख्य नदीहरूको अध्ययन गर्ने छन् । जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएको समझदारीअनुरुप टोली अध्ययनका लागि झापा आएको बताउनुभयो । टोलीले झापाका नौवटा मुख्य नदीहरूको अवस्था र वस्तुस्थितिको अध्ययन गर्ने छ । झापाका यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लामा ४० हजार जनसंख्या प्रभावित हँुदै आएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.