Websoft University

भक्तपुर पूर्ण खोप घोषित


भक्तपुर, साउन १ गते । रातो तारा डट कम, भक्तपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हिजो प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर पूर्ण खोप सुनिश्चितता जिल्ला भएको घोषणा गर्दै सोको प्रमाणपत्र राष्ट्रिय खोप समन्वय समितिका तर्फबाट जिल्ला समन्वय समिति भक्तपुर र जनस्वास्थ्य कार्यालयलाई प्रदान गर्नुभयो ।

उहाँले अब कुनै स्वास्थ्य सेवा नपाएकै भरमा भक्तपुरका जनताले ज्यान गुमाउने पर्ने बाध्यताको अन्त्य हुने बताउनु
भयो । जिल्लाका चारै स्थानीय तहको अगुवाइमा यसअघि नगरपालिकाले आफ्नो नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै आज पूर्ण खोप सुनिश्चित घोषणा गरिएको
हो ।

भक्तपुरका सबै बालबालिकाले पूर्ण खोप पाएको र अब जन्मने शिशुलाई पनि आवश्यक सबै खोप दिन सकिने जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले बताउनुभयो ।


घोषणासभामा प्रदेशसभा सदस्य शशिजंङ्ग थापाले महिला स्वास्थ्य स्वयम्सेविकालाई न्यूनतम सेवासुविधा पनि उपलब्ध नभएको गुनासो बढेका कारण प्रदेशसभाले केही सुविधा दिने निर्णय गरेको बताउनुभयो । जनस्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले भक्तपुरमा कुनै बालबालिका खोपबाट वञ्चित हुनु नपरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिए पनि वार्षिकरुपमा अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा यदुचन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेकपा जिल्ला अध्यक्ष वचन देउजा, चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, सूर्य्विनायक नगरपालिका प्रमुख वासुदेव थापालगायतले लामो र अथक प्रयासबाट जिल्ला पूर्ण खोप सुनिश्चित भएकाले कुनै पनि बालबालिकाले खोप नलगाएकै आधारमा भक्तपुरमा मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना नहुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति, नगरपालिका, स्वास्थ्यकर्मीलगायत भक्तपुरवासीले पूर्ण खोप सुनिश्चित जिल्ला अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । घोषणासभामा अभियान सफल बनाउन योगदान गर्ने विभिन्न संघसंस्था र कर्मचारीलाई सम्मान गरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.