Websoft University

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय कार्यालय बिराटनगरको बिरोध

बिराटनगर-असार २६ गते ।  रातो तारा डट कम,
नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुल प्रसाद कोइराला माथि गरिएको ब्यबहारलाई लाई पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय कार्यालय बिराटनगरले घोर भत्र्सना गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति नरेश कुमार शाहले प्रकासित गरेको बिज्ञप्तीमा गत २३ गते   विश्वसंस्कृत सम्मेलनमा क्यानाडा जाने क्रममा त्रिभुवन बिमानस्थलबाट प्रकाउ गर्नु गलत भएको तथा शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप हुनु दुःखत भएको जनाएको छ ।

क्यानाडामा एक सय ११ देशहरुबाट सहभागी हुने विश्वसंस्कृत सम्मेलनले अगामी नेपालमा हुने कार्यक्रमलाई समेत प्रभावित तुलाएको छ । नेपालको तर्फबाट प्रतिनिधित्व गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्यानाडा तर्फ प्रस्थान गर्न विमानमा प्रवेश गर्न लागेको वेला नेपाल सरकारले अपमानजनक ढङ्गले नियन्त्रणमा लिई सम्मेलनमा सहभागिहुनबाट वञ्चित गराइएको घटनाले यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

यस घटनामा राज्यले गरेको प्रहारले उपकुलपति, विश्वविद्यालय, धर्म(संस्कृति तथा सिंगो प्राज्ञिक क्षेत्रको गरिमामाथी आघात भएको छ । यसबाट पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ तथा बिश्वबिद्यालयका सम्पूर्ण प्राध्यापक जगत सशंकित बनेको छ । साथै लोकतान्त्रिक मुल्य(मान्यतालाई उपहास गर्दै मानविय समवेदना शुन्य व्यवहारले सरकारको चरित्र उदांगो पारेको सभापति नरेश कुमार शाहले बताउनु भएको छ ।

यस घटनाबाट आगामी ई.सं. २०२४मा नेपालमा हुने निश्चित भएको विश्व संस्कृत सम्मेलन हुन नदिई नेपालको मौलिक संस्कृति एवं सम्पदालाई समाप्त पार्ने प्रपञ्च भएको प्राध्यापक संघले बुझेको छ ।

निज उपकुलपतिलाई अविलम्व उक्त सम्मेलनमा ससम्मान सहभागी गराउने व्यवस्था मिलाई प्राज्ञिक गरिमा र मर्यादा कायम गर्न जोडदार मागगर्दै यस्ता क्रियाकलापहरु पुनःनदोहोर्याउन पुर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ बिराटनगर नेपाल सरकारलाई चेतवनी सहित प्राज्ञिक क्षेत्रलाई सम्मान गर्न समेत अनुरोध गरेको छ ।
 बिज्ञप्ती समेत यहा रहेको छ । अबिजाल बिष्ट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.