Websoft University

चार वर्षीय बालकसहित दुईको मृत्यु

(फायल फोटो)

काठमाडौ असार २५ गते । रातो तारा डट कम, झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो । दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको प्रहरीले जनाएको छ ।

यता बिर्तामोड–२ निवासी धनमाया लिम्बूको करेन्ट लागेर मुत्यु भएको छ । ६५ वर्षीया लिम्बूलाई विद्युत्को तार जडान गर्ने क्रममा आइतबार करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.