सुनसरी, साउन ४ गते। रातो तारा डट कम,
सुनसरीको ईटहरी उपमहानगरपालिका ३ तालतलैयाबाट प्रहरीले ८५ लिटर घरेलु मदिरा बरामद गरेका छन।
प्रहरी चौकी तालतलैयाबाट घरेलु मदिरा नियन्त्रण अभियानमा निस्केका टोलीले तालतलैयास्थित पुरानो चौकमा रहेका होटल, भट्टीपसलहरु चेकजाँच गर्दा घरेलु मदिरा बेचविखन भएको पाइएपछि सो स्थानबाट ८५ लिटर तयारी रक्सी बरामद गरिएको हो।
बरामद मदिरा स्थानीय बुद्धिजिवी, भद्रभलादमी, नागरिक समाजका प्रतिनिधीको रोहवरमा बिहिबार साँझ नष्ट गरिएको छ।
Post a Comment