बिराटनगर असार २६ गते । रातो तारा डट कन,
पूर्वाञ्चल विश्वविद्यालय कानुन संकाय डीन कार्यालय बिराटनगरले ३ बर्षे एल.एल.बि. कार्यक्रम आफनै भवनमा आंगिक कलेज सञ्चालन गर्ने भएको छ । कानुन तथा कला संकाय डीन कार्यालय बिराटनगरले पूबि क्याम्पस अफ ल ले सस्तो, सुलभ तथा सुबिधा सम्पन्न र सबै आधुनिक मोडलबाट कानुन बिषय कार्यक्रम शुरु गरेको छ ।
बदलिदो परिस्थतिमा बिभिन्न स्थानीय निकायमा कानुन अधिकृतको आबश्यकता भएको देखिएकाले बजारको माग अनुसार बिषयगत रुपान्तरण गरी अबको रोजगार बिषय कानुन(ल) हुने भएकोले बिराटनगरमा सरकारी स्तरबाट नै आंगिक कलेजका रुपमा जनता आदर्श बहुमुखि कलेजपुष्पलालचोकमा सन्ध्याकालिन कलेजको शूरुआत गरिएको पूर्वाञ्चल बिश्वबिद्यालय कानुन तथा कला संकाय कार्यालयका प्रमुख डीन डा.शम्भुप्रसाद कोइरालाले बताउनुभयो।
संघियता कार्यान्वय गर्न का लागि स्थानीय निकाय गाउपालिका तथा नगरपालिकामा कानुन अधिकृत अनिबार्य रहने नेपाल सरकारको निति नै भएकोले सो बिषयमा बिद्यार्थीहरुको माग अनुरुप नै यो बिषयको अध्यापन शुरु गरिएको डीन डा. कोइरालाले बताउनु भएको छ ।
कुनै पनि बिषयमा स्नातक गरिसकेका बिद्यार्थीहरुले अध्ययन गर्न पाउने तथा काठमाडौ देखि बाहिर सन्ध्याकालिन कलेज एक मात्र बिराटनगरमा शुरुआत भएको हुनाले बिद्यार्थीहरुको चाप हुने देखिन्छ । अगामी श्रावण १ गते देखि फाराम खुल्ला गरी भदौको अन्तिम साताबाट अध्यापन शुरु गर्ने डीन डा.कोइरालाले बताउनु भयो । अबिजाल बिष्ट
Post a Comment