(फायल फोटो)
श्याम राई-उदयपुर,गाईघाट,असार २८ गते । रातो तारा डट कम,सडकको जग्गा किर्ते गरेर विक्री गरेको अभियोगमा पक्रऊ परेका एक सरकारी कर्मचारी सहित ६ जना अदालतको आदेसमा पूर्वक्षको लागि जेल चलान भएकाछन् ।
जिल्ला अदालत उदयपुरका न्यायधिस तिर्थराज केसीको ईजलासले बुधबार गरेको फैसला अनुरुप त्रियुगा नगरपालिका वडा न. ३ कि महिला सदस्य हरीमाया शाही, नापी कार्यालय उदयपुरका सर्वेक्षक शिव चन्द्र ठाकुर जग्गा विक्री गर्ने ७८ वर्षिय शिव प्रसाद दाहाल उनका छोरा बुद्धि प्रसाद दाहाल जग्गा खरिद गर्ने नेपाल डंगोल, लेखापढी व्यावसायी हरी प्रसाद ढुंगानालाई पूर्वक्षको लागि थुनामा पठाईएको हो ।
सरकारी जग्गा खरिद विक्रीमा संलग्न रहेको दाबी गर्दै प्रहरीले उनीहरु विरुद्ध ठगी मुद्दा चलाएको थियो । कदमाहा–गाईघाट सडकमा परेको साविक गाईघाट १ (ख) कित्ता न. ७०१ को कठ्ठा १९ धुर मध्ये लोकमार्गले ७ कठ्ठा १८ धुर जग्गा अधिकरण गरेको थियो । सडकमा परेको उक्त जग्गा आफनो भएको बताउदै दाहाल बाबु छोराले भक्तपुरका डंगोललाई १ करोड २७ लाख २० हजारमा विक्री गरेको थिए ।
सडक डिभिजनले २०६२ सालमै उक्त जग्गा प्राप्त गरिसकेको थियो । सडकले १३ वर्ष अघि नै नापी र मालपोतलाई लगत कट्टा गर्न पत्रचार गरेकोथियो।
तर उक्त जग्गाको लगत कट्टा कर्मचारीको बदमासीले नभएको लहान सडक डिभिजनका प्रमुख राम कुमार देवले बताए ।

Post a Comment