Websoft University

समचारको प्रभाव—जनता स्कुलमा खैला बैला ?


शिव भट्टराई भोजपुरे–सुनसरी, असार २८ गते । रातो तारा डट कम, सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेको पुरानो शैक्षिक संस्था जनता मा बि बिधालयमा केहि दिन अगि त्यहा कार्यरत कार्यालय सहयोगी कर्मचारी ६२ वर्षिय नारायण रिजालले कक्षा ५ मा अध्यनरत १३ वर्षिय छात्रा माथि यौन दुरव्यावहार गरेको बिषय बस्तुको बारेमा लामो प्रयास पछि रातो तारा डट कमले लुकाउने प्रयास गरिएको घटनाको बारेमा केहि दिन अगि समचार प्रकाशन गरेको थियो ।

समचार प्रकाशन भए पछि बाल सन्जालका अध्यक्ष नवराज भट्टराइले थाहापाई उक्त लुकाउन प्रयास गरिएको घटनाका बारेमा छानबिन गरी,इलाका प्रहरी कार्यालय इटहरीमा मुद्घा दर्ता गरी मिति २०७५– ३ –२४, इटहरीमा पत्रकार सम्मेलन गरि यो केसको रुप सार्वजानिक गराईएको थियो ।

मुद्घाको बिषयमा २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा रातो ताराले सम्पर्क गर्दा प्रहरीले छानबिन गरी दोसि समेतको यो केस हामीले अदालत पु¥याउने जानकारी गराउनु भयो ।

यिनै बिषयलाई लिएर आज बिहानै जनता मा बि इटहरीको व्यावस्थापन समितिले बैठक बोलाई दोसिलाई आवश्यक कार्यवाही गर्ने निर्णय भएको इटहरी नगर बाल सन्जालका अध्यक्ष नवराज भट्टराईले जानकारी गराउनु भएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.