श्याम राई-उदयपुर,गाईघाट, असार ३२ गते ।
रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका वडा न. १४ को भडौरेमा सोमबाार विहान ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ । साथै सह चालक घाईते भएकाछन् ।
कटारी बजारदेखि ओखलढुंगातर्फ सामान बोकेर जादै गरेको ना. ४ ख ८०७१ नम्बरको ट्रक कटारी–घुर्मि सडक खण्डमा विहान ८ बजे दुर्घटना हुदा गाडीका चालक कटारी सिरीसेका २८ वर्षिय मोहन वहादुर तामाङंको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. नवराज भट्टले बताए ।
दुर्घटनाबाट घाईते सह चालक सिन्धुली दुधौलीका पूर्ण सुनुवारको धुर्मि बजारमा उपचार भैरहेको छ ।
सडकदेखि झण्डै २ सय मिटर तल भिरमा खसेको ट्रक दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि जन्ति चढेको भारतीय नम्बरको बस दुर्घटना हुदा सोमबार विहान एक भारतीय नागरीकको मृत्यु भएको छ ।
भरत फारविसगंन्जबाट जन्ति आएको विआर ११ जे ४४२८ नम्बरको बस गाईघाट– कदमाहा सडक खण्डको चुरे जंगलको सडक खण्डमा आईतबार राती ११ बजे दुर्घटना हुदा गाडीमा सवार वनपनरीया बस्ने ३२ वर्षिय मनोज दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिब्र गतिमा आईरहेको बस अनियन्त्रित भएर सडकमा पल्टदा गम्भिर घाईते भएका दासको जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको र उपचारकै क्रममा मृत्यु भएको एस.पी. नवराज भट्टले बताए ।
गाडीमा रहेका दुलहा र अन्य जन्ति सामान्य घाईते भएका
छन् दुर्घटना लगतै गाडीका चालक फरार रहेकाले खोजी कार्य जारी रहेको एस.पी. भट्टले रातो तारा लाई बताए ।
Post a Comment