काठमान्डाैै असार २५ गते । रातो तारा डट कम,
नेपाली मौलिक भाकामा आधारित लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा एस वि एस म्युजिक प्रालीको प्रस्तुतीमा काभ्रे जिल्ला पाँचखाल वार्ड न ९ तिनपिप्लेमा आमा छलमाया श्रेष्ठ र बुवा राम बहादुर श्रेष्ठकी जेठी छोरी गायिका सिता श्रेष्ठको पहिलो लोकदोहोरी ”मनको रहर ” युटुव मार्फत सार्बजनिक भएको छ ।
“मनमा रहर” बोलको यस गीतमा गायिका टिका पुनको कर्णप्रिय स्वर आवाज रहेको छ ।गीतमा सिता श्रेष्टको सर्वाेकृष्ट शब्द तथा मौलिक लय सिर्जना रहेको छ । “मनमा रहर” गीतको भिडियोमा नेपाली युवा युवतीले भोग्नुपरेको बाध्यता र पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफनो बास्तविक भोगाई ठानेर सम्पुर्ण नेपालीको पिडालाई गीत मार्फत ब्यक्त गर्न आफुले चाहेको सिताले बताइन ।
गीतको म्युजिक भिडियोलाई हरिष महराले छायाँकन गरेका हुन भने चेतन सागरले सम्पादन गरेका हुन । म्युजिक भिडियोमा साया भण्डारी , राम बहादुर श्रेष्ठ र छलमाया श्रेष्ठको अभिनय अभिनय देख्न सकिन्छ । भिडियोलाई अनिल विष्ट प्युठानीले निर्देशन गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला
Post a Comment