Websoft University

शेयर बजार सात अंकले घट्यो

काठमाडौँ, वैशाख २८ गते। रातो तारा डट कम,
निरन्तर ओरालो लाग्दै आएको शेयर बजार हिजो पनि ७.७ अंकले घटेर एक हजार ३४८।४५ विन्दुमा पुगेको छ ।

धितोपत्रसम्बन्धी प्रदर्शनी चलिरहेका बेला बजार भने निरन्तर ओरालो लागिरहेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा बुधबारदेखि यहाँ प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा धितोपत्र बजारसम्बन्धी निःशुल्क जानकारी दिइएको छ ।

‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४८ विन्दुले घटेर २४८.५९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार हिजो १६१ कम्पनीको सात लाख ७३ हजार २१० कित्ता शेयर रु ३५ करोड ८८ लाख ४४ हजार २६० मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार आज सबै उपसमूहका शेयर घटेका छन् । बैंकिङ ३.३४, व्यापार ५.८३, होटल ३१.८२, विकास बैंक ५.६७, जलविद्युत् २५.६३, वित्त क्षेत्र २.४१, बीमा ६९.२८, अन्य ६.४६ र माइक्रोफाइनान्स १४.४१ बिन्दुले घटेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.