Websoft University

टिफरको ठक्करबाट एक स्कूले बालकको मृत्यु

गाईघाट,बैशाख २७ गते । रातो तारा डट कम,
उदयपुरको रौतामाई गाउँपालिका ५ कालीमाटीमा विहीबार दिउसो टिफरको ठक्करबाट एक स्कूले बालकको मृत्यु भएको छ । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडक खण्डको कालीमाटीमा ना. ३ ख ८५७४ न.को टिफरले ठक्कर दिदा स्थानीय तिलक वहादुर राईको ११ वर्षिय छोरा निगम राईको मृत्यु भइको हो ।

कालिका माविमा कक्षा ४ मा अध्ययनरत बालक टिफीनको समयमा बाटोमा खेल्दै गरेको बेला टिफरले ठक्कर दिदा घटना स्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फोक्सिनटार सुनकोशीबाटा डाडाँगाउँ तर्फ गिटी लिएर आउँदै गरेको रौता कन्ट्रक्सनको टिफरले दिउसो २ बजे बालकलाई ठक्कर दिएको वडा अध्यक्ष पाण्डब राईले बताए ।
 श्याम राई-उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.