Websoft University

अबैध कपडासहितको ट्रक प्रहरीको नियन्त्रणमा


बिराटनगर चैत्र ६ गते। रातो तारा डट कम,
सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार ४० लाख बराबरको भन्सार छलेको कपडा भएको ट्रक नियन्त्रणमा लिएको छ।

 मोरङको  ग्रामथान गाउँपालिका-७ बस्ने  सतेस चौधरीले चलाएको को १ ख ४०१० नम्बरको कुर्तासुरुवाल लोड भएको उक्त ट्रक बेलुका ८ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद सामानसहित ट्रक र चालकलाई आवश्यक कार्बाहीकोलागी  राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको कुरा रातो तारा डट कम लाइ जानकारी गराएकोछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.