Websoft University

विद्यालय स्तरीय कविता प्रतियोगितामा सार्वजनिक मावि प्रथम


युवराज ठकुरी /केराबारी,मोरङ फागुन २५ गते । रातो तारा डट कम,राष्ट्रिय पुस्तकालय केराबारी मोरङको ५०औं वार्षिकोत्सब तथा स्वर्ण जयन्तीको अबसरमा आयोजित विद्यालय स्तरीय कविता प्रतियोगितामा सार्वजनिक माविका छात्रा निवता राईले प्रथम स्थान हासिल गरेका छन।
       
चारवटा विद्यालयका छ जना विद्यार्थीले सहभागी जनाएको कविता प्रतियोगितामा मच्छिन्द्र माविका रत्न विकले "आमा" शीर्षकको कविता प्रस्तुत गरेर दोस्रो स्थान ,फेवा सेकेन्डरीका छात्र रोशन काप्रीले "कहिल्यै नसोध्नु गन्तव्य कहाँ छ" शीर्षकको कविता प्रस्तुत गरेर तेस्रो स्थान र केयु एकेडेमीमा रोसा साहले "आमा" शीर्षकको कविता प्रस्तुत गरेर सान्त्वना स्थान ओगटेका थिए।

प्रतियोगितामा युवराज ठकुरी "अज्ञानी",नवराज लुइँटेल र कमल ठकुरीले निर्णायक मण्डलमा रहेका थिए।
“पठन संस्कृतिको विकास,साहित्य प्रर्बद्धन र स्रष्टाहरुको सम्मान तथा सूचना प्रविधियुक्त पुस्तकालय निर्माण, स्वर्ण जयन्तिको अभियान"भन्ने मुल नाराका साथ सुरु भएको स्वर्ण जयन्तीको उद्घाटनको दिन २४गते बिहान रक्तदान कार्यक्रम तथा दिउँसो विद्यालय स्तरीय कविता प्रतियोगिता सप्पन्न भएको स्वर्ण जयन्ती मुलसमारोह समितिका सचिब नवीन थापा क्षेत्रीले बताए ।

नेपाल रेडक्रस सोसाइटी मोरङको समन्वय तथा राष्ट्रिय पुस्तकालय स्वर्ण महोत्सव मुल समारोह समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४३जनाले रक्तदान गरेका थिए।
समितिका अध्यक्ष महाप्रसाद लुइँटेलको सभापतित्व र नवीन थापा क्षेत्रीको संचालनमा  भएको कार्यक्रममा प्रमुख अतिथि खदम क्याम्पसका प्रमु टेकबहादुर थपलिया केराबारी-८का वडाध्यक्ष मनोज खड्का, गोकुल थापा नेपाली,केयु एकेडेमीका प्रीन्सिपल समीर सुवेदी,मच्छिन्द्र माविका दुर्गाप्रसाद दाहाल लगायतको उपस्थितिमा भएको थियो।

कार्यक्रममा आधा दर्जन सर्जकहरुले अप्रतियोगी रचना वाचन गरेका थिए भने स्वागत मन्तव्य समितिका कोषाध्यक्ष चन्द्र भण्डारीले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.