Websoft University

महिलाले पाए हाते ट्र्याक्टर

हेटाैडा, फागुन २९ गते । रातो तारा डट कम, मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई सातवटा हाते ट्र्याक्टर वितरण गरिएकोे छ । महिला कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्र्याक्टर वितरण गरिएको हो ।

मार्खुमा तीन र फाखेलमा चारवटा ट्र्याक्टर इन्द्रसरोवर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरिएको छ । नारी सीप सिर्जना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जीविकोपार्जन पुर्नउत्थान परियोजनाअन्तर्गत ट्र्याक्टर वितरण गरेको हो ।

इन्द्रसरोवर गाउँपालिका–१ का वडाध्यक्ष जमानसिंह वाइवाको प्रमुख अतिथ्य तथा इन्द्रसरोवर कृषि सहकारीका सचिव सानु लामाको अध्यक्षतामा मार्खुमा वितरण गरिएको हो ।
त्यस्तै फाखेलमा गरिएको वितरण कार्यक्रम इन्द्रसरोवर–४ का वडाध्यक्ष धनवीर स्याङ्तानको प्रमुख अतिथ्यतामा गरिएको थियो । दुवै कार्यक्रममा नारी सीप सिर्जना केन्द्रकी उपाध्यक्ष गणेशकुमारी श्रेष्ठलगायतको अतिथ्यता रहेको थियो ।

मकवानपुरको भूकम्प प्रभावित साविक गाउँ विकास समितिहरु चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, नामटार, भार्ता र कालिकाटार गरी आठ गाविस परियोजनाको कार्यक्षेत्र रहेको छ । परियोजनाअन्तर्गत अन्य छ कार्यक्षेत्रमा समेत गरी २१ थान ट्र्याक्टर वितरण गरिने कार्यक्रम संयोजक राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.