Websoft University

कन्तुर बहुउद्देश्यीय सहकारी १६ अाैं वार्षिकाेत्सव सम्पन्न


गाेपाल काफ्ले पथरी-फागुन  २९ गते । रातो तारा डट जम,
कन्तुर बहुउद्देश्यीय सहकारी सस्थाले अाफ्नाे १६ अाैं वार्षिकाेत्सवकाे अवसर पारेर सुस्त मनस्थिती र अपाङगता भएका बिध्याथीहरुलाई स्टेसनरी र बिध्यालय पाेसाक बितरण गरेकाे छ ।

सस्थाले बिगत ९ बर्ष देखि पञ्चायत मा. वि. र दुर्गा मा. वि पथरीशनिश्चरेका सुस्त मनस्थिती र अपाङगता भएका  बिध्याथीहरुलाई स्टेस्नरी र बिध्यालय पाेसाक बितरण गर्दै अाएकाे छ । त्यस्तै सस्थाले साेही अवसरमा विभिन्न बिधामा सदस्यहरुलाई सम्मान गरेकाे छ ।

सम्मान हुनेमा उत्कृष्ट बचत काराेबार तर्फ पुरुष लाेक बहादुर राउत र महिला साेभा राई, उत्कृष्ट ऋण काराेवा पुरुष चन्द्र तामाङ महिला इन्दु फुयाल निराैला, उत्कृष्ट ब्यावसायी तुलसी राम ढकाल, सदस्य बिस्तार हाेमा कुमारी अधिकारी अाचार्य र सस्थाकाे नाममा रक्तदान गर्ने सदस्यहरुलाई सम्मान गरेकाेछ ।

सस्थाले जेष्ठ सदस्य महिला विष्णुमाया दुलाल र पुरुष डिल्लीराम दाहाललाई दाेसल्ला र नगद सहित सम्मान समेत गरेकाे छ । कार्यक्रममा २९ जना सुस्त तथा अपाङ्गता बिध्याथी र सम्मानित व्याक्तीहरुलाई प्रमुख अतिथी अर्जुनकुमार बुढाथाेकी र विशिष्ट अतिथी गाेपाल प्रसाद भट्टराईले  सम्मान गर्नु भएकाे थियाे ।

 साेमबार पथरीशनिश्चरेकाे शिवालय मन्दिर परिसमा भएकाे कार्यक्रममा प्रमुख अतिथी अर्जुन कुमार बुढाथाेकी र विशिष्ट अतिथी गाेपाल प्रसाद भट्टराई सस्थाले पुर्याएकाे सहयाेग र सफल्ताकाे प्रशंसा गर्दै अाउदा दिनमा पनि यस्तै सहयाेगकाे अपेक्षा राख्नु भयाे । उक्त बार्षिक उत्काेत्सव समाराेह  सस्थाका अध्यक्ष अाेम प्रसाद लिम्बुकाे अध्यक्षतामा भएकाे सम्पन्न भएकाे थियाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.