गाेपाल काफ्ले- पथरी,फागुन २४ गते । रातो तारा डट कम,
नेपाल तरुण दल पथरी शनिस्चरे वाड न. १ काे आयोजकमा "हाम्रो पथरी राम्रो पथरी" भनाईलाई सार्थकता दिन नेपाल तरुण दलले फागुन २३ गते देखि फागुन २५ गते सम्म ३ दिने पथरीशनिश्चरे बजार सरसफाई अभियान सुरु गरेको छ ।
पथरीशनिश्चरेका तरुण युवाहरुले बिहान ७ बजे देखि ९ बजे सम्म बजार एरियामा भएकाे फाेहाेर मैला उढाएर डम्पिङ साईडमा फाल्ने गरेका छन । चैत बैशाखको हावा हुरिले उडाएर ल्यएको धुलोकाे कारण हैजा फाैलने र जनमानसमा प्रत्यक्ष असर पर्ने हुनाले न्युनिकरण गर्न सरसफाइ अपरिहार्य रहेको कुराकाे चेतना फैलाउने सरसफाई सुरु गरेकाे नगर सभापती सन्ताेष कटुवालले जानकारी दिनु भयाे ।
साथै सबैले आफ्नो अगाडि आफ्नो लागि मात्र सरसफाइ गरे पनि केही हद सम्म बाताबरण स्वच्छ हुन टेवा पुग्ने कुराको अवगत गराउदै सबैलाई सरसफाई कार्यमा सहभागिहुन कोशी यातायत संघ पथरीका अध्यक्ष धन कुमार तामाङले अावहान गर्नु भयाे । तरुणले गरेकाे सरसफाईले समाजमा राम्राे कामकाे सुरुवात भएकाे भन्दै विभिन्न संघ सस्था, व्यापारी र स्थानिय ब्पक्तीहरुले सरसफाई कार्यमा साथ दिएका छन ।
उक्त सरसफाई कार्यले बजार सुन्दर देखिएकाे छ भने नगरपालिकाले उचित पार्किङकाे ब्यवस्था नगरेकाे पार्किङकाे समस्या यथावत रहेकाे जनमानसमा गुनासाे रहेकाे छ ।
Post a Comment