Websoft University

लक्ष्मीनिया चोकमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस


बिराटनगर,फागुन २४ गते । रातो तारा डट कम, १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस आज भव्य रुपले मनाएका छन । आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ल्याउने उश्यले ग्रामिण तथा शहरी महिलाहरुको जीवनस्तरमा सुधार र उनिहरुको व्यावहारिक रुपान्तरणका लागि हरेक वर्ष मार्च ८ ता. (फागुन २४ गते) लाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउदै आएकोछ ।

यो मार्च ८ ता. नेपालको शहरी क्षेत्रमा मात्र सिमित रहेकाले ग्रामिण क्षेत्रका श्रमिक महिलाहरुले महिला अधिकार र महिला श्रमिक दिवस भन्ने सुनेकै पनि थिएनन् ।

मोरङको जहदा गाउँपालिका मइाारेको संमन्वयमा ओरेक नेपाल,प्लान, श्री प्रकाश बचत तथा ऋण सहकारी संस्था लि,श्री माँ भगवती बचत तथा ऋण संहकारी संस्था लि,को सहयोगमा, ललित महिला बचत तथा ऋण सहकारी संस्था लि को  आयोजनामा जहदा गाउँपालिकाको लक्ष्मीनिया चोकमा ठुलो मात्रमा महिलाहरुको उपस्थितिमा महिला दिवस भव्या रुपमले मनाए ।

जहदा गाउँ पालिकाको लक्ष्मीनिया चोकमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्याक्रमका प्रमुख अतिथि पुर्व आपुर्ति मन्त्री तथा मोरङको क्षेत्र न ५ बाट प्रतिनिधि सभा सांसद सिवकुमार मण्डलले सभालाई सम्वोधन गर्दै, महिला हरुमा भएको बिभेदहरुको अन्त्य हिंसा मुक्त गर्दै सबैले सम्मान जनक बराबरी अधिकार पाउनु पर्छ भन्नु भयो ।

सबै महिलाहरुले शिक्षा रोजगारी अधिकार पाउने गरी राज्य पुनसंरचना संगै त्यस्ता कुराहरुको ग्यारेण्टी गरिनु पर्छ भन्नु भयो ।

१ नम्वर प्रदेश सभा सदस्य जयराम यादवले सभालाई सम्वोधन गर्दै, राज्यको बिभेद कारी नितिकै कारण महिलाहरुले बराबरी हक नपाएको भन्दै, अव राज्यका प्रदेशहरुले कामनुन बनाउदा यो कुराहरुलाई पनि ध्यान दिने बताउनु भयो ।

फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले आफना कुरा राख्दै, अव महिलाहरुले आफनो अधिकार प्राप्तिका लागि गोलबद्घ र संगठित भएर अगि बढनु पर्छ भन्नु भयो ।

आयोजकहरुकै तर्फबाट सार्वजानिक मा वि का प्र अ अजय कुमार सिंह ले बीसौं वर्ष सम्म पनि महिलाहरुले यहाँ यसरी ठुलो मात्र महिलाहरु भेला भएर ठुलो कार्याक्रम गरेका थिएनन् तर अहिले महिलाहरुमा जागरण आएको छ सहयोगी संस्थाहरुको सहयोगमा महिला दिवसको यो कार्याक्र गर्न सफल भएको भन्दै दाइजो होईन शिक्षा देउ, बाल विवाह बनद गरौं,छोरा छोरी दुवै बराबरी,भन्ने नारा लेखिएका प्ले कार्ड बोकेर बसेका महिला सबैलाई सफलताको शुभकामना दिनु भयो ।

आयोजक संस्थाहरुका तर्फबाट जीवन साह,सन्तोष मेहता,सरिता मण्डल,डम्वर सर, महिला सन्जालबाट अनिता सिंह,संगीता हास्दा,लीला कामत,विनिता सिंह,मुस्कान कामत,सुभद्रा मण्डल, पिंकी पोदार,लता मण्डल समेतले आफना धारणाहरु राखेका थिए ।

कार्याक्रमको अध्यक्षता विनिता सिंहले गर्नु भएको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.