Websoft University

जनयुद्धका घाइतेलाई आर्थिक सहयोग


शिव भट्टराई -इटहरी, फागुन २१ गते । रातो तारा डट कम,
नेपाली जनप्रगतिशील मञ्च क्षेत्रीय समिति अबुधावी
युएइले जनयुद्धका घाइते राजन बराइली (रमेश) लाई सोमबार
इटहरीमा एक कार्यक्रमको आयोजना गरी ५० हजार रूपैंया
आर्थिक सहयोगसहित सम्मान गरेको छ ।

मञ्चका उपाध्यक्ष रामकुमार तिरूवाको पहलमा माओवादी केन्द्र इटहरी उपमहानगर कमिटिको समन्वयमा सो रकम प्रदेश नम्बर एकका उपसभामुख सरस्वती पोखरेलमार्फत बराइलीलाई प्रदान गरिएको हो ।

सो रकमका साथमा बराइलीलाई जनयुद्धमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानपत्रसमेत प्रदान गरिएको छ ।सम्मानपछि बोल्दै उनले आफूलाई पार्टीले बिर्सदै गएको गुनासो गरे ।

उनले भने–‘हामीजस्ता सयौं योद्धाको बलिदानपछि देशमा
गणतन्त्र आयो तर, हामीलाई पार्टीले बिर्सियो .’ तर, उनले
सम्मान गर्ने संस्थाका अभियन्ताह?लाई भने आभार व्यक्त
गरे ।

उनले भने–‘खाडी राष्ट्रमा पसिना बगाएर जसरी साथीहरूले मलाई सम्झिनु भयो, यसले मलाई जीवन जिउने थप आस पलाएको छ ।

उनले आफूजस्ता घाइते, अपाङ्गता भएकाहरूलाई राहत प्रदान पार्टीलाई सुझाव दिए । सो अवसरमा बोल्दै उपसभामुख पोखरलले जनयुद्ध, जनआन्दोलन र बिभिन्न राजनीतिक आन्दोलनमा घाइते,अपाङ्गता भएकाह?को जिम्मा अब सरकारले लिने आश्वासन दिएकी थिइन्।

साथै मञ्चका उपाध्यक्ष तिरूवाले आफूहरूले जनयुद्धका
घाइते साथीहरूलाई सम्झेर संस्था गठन गर्दै अरूलाई पनि
आर्थिक सहयोग गर्दै आएको जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.