Websoft University

वैदेशिक रोजगारीको ठगी गर्न पल्केकाहरूको अहिले निदहराम भएकोछ


काठमाडौ चैत्र ६ गते । रातो तारा डट कम,
श्रम तथा रोजगार मन्त्रीको रूपमा गोकर्ण विष्टले शपथ लिएको भोलिपल्ट सिनामंगलस्थित एक चियापसलमा म्यानपावरका केही एजेण्ट गफिँदै गरेका भेटिए । 

चियाको चुस्की लिँदै एकजना भन्दै थिए, ‘अब यही चिया नै त होला नि, नयाँ मन्त्रीले भात खान त नदेलानजस्तो छ ।’ सिनामंगल म्यानपावर  बढी नै रहेको क्षेत्र पनि हो ।

शपथ लिनेवित्तिकै विष्टले वैदेशिक रोजगारीका क्रममा हुने ठगीविरुद्ध निर्मम ढंगले उत्रने बताएकाले पनि यस क्षेत्रमा ठगीमा पल्केकाहरूको निदहराम भएको छ ।

उर्जामन्त्री बनेको समयमा सरकारी कार्यालयको विद्युत् लाइन काटेर चर्चा कमाएका विष्टले यसपटक वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति अन्त्य गर्ने कुरा पदभारको क्रममा लोकान्तरलाई बताएका थिए ।

शुक्रवार राष्ट्रपतिबाट शपथ लिएर काम शुरु गरेका मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा भइरहेका अनियमितताविरुद्ध निर्मम हुने संकेत गरेका छन् । तराइका जिल्लाबाट पनि श्रम स्वीकृतिका लागि सम्भाव्यता अध्ययन गर्न कर्मचारीलाई निर्देशन दिएर उनले सुधारको पहल पनि गरेका छन् ।

आइतवार आफूलाई बधाई दिन आएका वैदेशिक रोजगारी व्यवसायी र सरोकारवालालाई उनले ठगीमा संलग्न जो कोहीलाई नछाड्ने चेतावनी दिएका छन् । युवा ठग्ने एमाले कार्यकर्ता भए पनि उसले छुट नपाउने उनको भनाय छ ।
आइतवार नै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति आम जनताको अपेक्षा धेरै भएकोले ढिलासुस्ती र सेवाग्राहीमाथि हुने ठगी नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

‘श्रम मन्त्रालयमा मन्त्री विष्टको आगमनले म्यानपावर दलालहरूको निदहराम भएको छ, विचौलियाहरूको भागाभाग छ,’ एक व्यवसायीले लोकान्तरसँग भने । पारदर्शी ढंगले काम गरिरहेकाहरू भने तर्सिनु नपर्ने उनले बताए । 

राष्ट्रपति कार्यालयबाट शपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय आउने क्रममा उनलाई स्वागत गर्न पहिलो लाइनमा व्यवसायीहरूको भीड थियो ।

थोरै शुल्क लिएर विदेश पठाएको कागज बनाउने र विदेशमा जाने युवासंग छुट्टै पैसा असुल्ने काम भइरहेको सरोकारवालाहरू बताउछन् । यस्तै श्रम स्वीकृतिका क्रममा पनि युवाहरू ठगिने गरेका छन् ।

श्रम स्वीकृति गर्न आउने युवालाई काठमाडौंको कलंकी र कालिमाटी क्षेत्रबाटै दलालहरूले पिछा गर्ने क्रम रोकिएको छैन् । श्रम स्वीकृतिको नाममा युवासँग पैसा असुल्ने ३५ जना बिचौलिया प्रहरी नियन्त्रणमा छन् । उनीहरूलाई ठगी मुद्दा चलाउने तयारी छ ।

स्वास्थ्य परीक्षणको नाममा पनि युवाहरू ठगिने गरेको सरोकारवालाको गुनासो छ । गोकर्णको आगमनले वैदेशिक रोगजारीको क्षेत्रमा भइरहेका ठगी नियन्त्रणमा आउने युवाहरूको पनि अपेक्षा छ ।

‘वैदेशिक रोजगारीमा गएका ४० लाखभन्दा बढी युवाका समस्यालाई अहिले सम्मका सरकारले वेवास्था गरेका थिए, गोकर्ण विष्टबाट धेरै आशा छ,’ वैदेशिक रोगजारीको शिलशिलामा युएईमा रहेका सुवास शर्माले बताए ।
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.