Websoft University

मोटरसाइकल चोरीमा संलग्न चार पक्राउ


बर्दिवास, फागुन २७ गते । रातो तारा डट कम, इलाका प्रहरी कार्यालय बर्दिवासले चोरीका मोटरसाइकलसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । मोटरसाइकल चोरीमा संलग्न सर्लाहीको हरिऔन–२ का २० वर्षीय नागेन्द्र महतो, हरिऔन–३ का १८ वर्षीय रमेश कुशवाहा, २० वर्षीय सरोजकुमार महतो र १८ वर्षीय सञ्जय महतोलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले बर्दिवास औरहीरोडस्थित सूर्या आर्ट्सबाट एक महिनाअघि चोरिएका दुई मोटरसाइकल र अर्को एक मोटरसाइकल सर्लाहीको हरिऔन नगरपालिकाको २ र ३ नम्बर वडाबाट फेला पारेको थियो ।

चोरीका घटना बढ्दै गएपछि विशेष टोली नै बनाएर थालिएको अनुसन्धानबाट उनीहरुालाई पक्राउ गर्न सकिएको इप्रका बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

बर्दिवास नगरका बुद्धचोक, लचका र औरही रोडबाट गतभदौ १३ यता हालसम्म १२ वटा मोटरसाइकल चोरी भएका उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.