Websoft University

सुजुकीको एडिक्सन सिलेरियो एक्स अब बजारमा

बिराटनगर फागुन २ गते । रातो तारा डट कम,
सुजुकीको लिमिटेड एडिक्सन सिलेरियो एक्स अब बजारमा
सि.जि.मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि.होल्डिङ्ग को अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटि र ट्रेन्डि सिलेरियो एक्स हिजोबाट बजारमा ल्याएको छ ।

सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थीममा आधारित
ग्राफिक्स्, गाडीको दाया वाया भाग,पछाडीको बम्पर,स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुन्छ ।

ग्रिल, फोग गार्निस, क्लाड, रूफ गार्निस एण्ड इन्टेरियर मा लगाएको अत्यन्त चमकदार कालो आवरणले सुरूवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि–पिलर यसको अर्को ट्रेन्डि विशेषता हो ।

सिलेरियोले आफुलाई पूर्ण फेमिली कारको रूपमा नेपाली बजारमा स्थापित गरेको छ ।
सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रूचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरूप अझ स्टाइलिस अनि स्र्पोटि बनाउदै लग्ने लक्ष्य राखेको छ ।

सिलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवा जोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् ।

सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्कृत समयोजनले गाडीको इन्टेरियर अझ स्र्पोटि देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समिश्रण झल्किन्छ ।
कालो रंगको सिटमा सुन्तला रंगको समयोजनले गाडीको स्र्पोटि लुक्स लाई थप निखार दिएकोछ ।

सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टम (ब्द्यक्) को साथमा उपलब्धछ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्रा थप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ । अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ लगायतका विभिन्न आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउँछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.