Websoft University

किसान कफी खेतीतर्फ आकर्षित


पाल्पा, फागुन १८ गते । रातो तारा डट कम, व्यावसायिक रुपमा कफी खेती गर्न थालेसँगै किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कफीबाट मनग्य आम्दानी हुन थालेपछि किसान कफी खेतीतर्र्फ आकर्षित हुँदै गएका छन् ।

जिल्लामा करिब एक हजार किसान कफी खेतीबाट आम्दानी गर्दैआएका छन् । जिल्लाबाट ३३ टन कफी जिल्ला बाहिर बिक्री गर्न पठाएको तथ्यांक छ । प्रशोधन गरिएको कफी प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुँदै आएको छ ।

तानसेन नगरपालिका–५ बराङ्दीस्थित सिद्धबाबा कफी उत्पादन सहकारी संस्थाका अध्यक्ष बलभद्र पौडेल कफी खेतीबाट स्थानीय बासिन्दाले वार्षिक रु ५० हजारदेखि रु तीन लाखसम्म आम्दानी गर्दैआएका छन् । जिल्लामा उत्पादित कफी ‘नेपाल अर्गा्निक कफी प्रोडक्सन’ र ‘हाइल्याण्ड कफी प्रोडक्सन काठमाडौँ’ले निर्यात गर्दै आएको छ ।

अर्गा्निक कफी प्रोडक्सनले नेपालभित्र तथा हाइल्याण्ड कफी प्रोडक्सन काठमाडौँले कफी अमेरिका निर्यात गर्दै आएको
छ । जिल्लामा उत्पादित कफी अमेरिकामा समेत निर्यात हँुदै आएको कफी सहकारी जिल्ला संघका व्यवस्थापक कमलराज खनालले बताउनुभयो । बल्ढेङ्गढी, सत्यवती, पालुङमैनादी, देउराली, खस्यौली, ताहुँ, रुप्से, ज्यामिरेलगायत स्थानमा सहकारीमार्फत कफी उत्पादन हुँदै आएको छ ।

बगैँचा व्यवस्थापन, व्यावसायिक बन्न प्रोत्साहन तथा शेयर सदस्यलाई रु ३० हजार बिनाधितो कर्जा प्रदान गर्न थालेपछि सो क्षेत्रका किसान सहकारीमार्फत कफी खेती गर्न जुटेका
हुन् । सहकारीमार्फत ३० क्विन्टल रातो चेरी कफी संकलन भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.