Websoft University

बन्ने भयाे ईलाका प्रहरी कार्यालय रंगेलीमा



रबिन्द्र बराल-रंगेली ,माेरङ,फागुन २८ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको ईलाका प्रहरी कार्यालय रंगेलीकाे परिषरमा साेमबार एक कार्यक्रम बीच नयाँ भवनकाे शिलान्यास सम्पन गरिएको  छ ।

१२ कठ्ठा जमिनमा  बन्न  लागेकाे   उक्त भबनकाे शिलान्यास एवम अनावरण समेत  प्रहरी अतिरिक्त महानिरीक्षक श्रि पशुपति उपाध्याय बाट भएको   छ ।

 अब बन्ने  भवनमा प्रहरी निरिक्ष,साहयक निरिक्षक,कर्मचारी हरुका लागि छुट्टाछुट्टै काेठाकाे बन्ने र पुरुष थुनुवा , महिला थुनुवा र सुबिधा युक्त शाैचालय हरुकाे निर्माण हुने भएको छ । १९ काेठे भवनको  कुल लागत  २ कराेड३२ लाख ३१ हजार १ सय ४६ रुपैया २१ पैसा काे भवन निर्माण हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय माेरङ र काेशी एण्ड न्याैपाने निर्माण सेवा समिति काठमाडौ बिच फागुन १५ गते निर्माण ठेक्का काे सम्झौता समेत भएको छ। साे भवन २०७५ फागुन १४ गते  भित्र  निर्माण सम्पन   हुने भएको छ । 

कार्यक्रममा काे प्रमुख अतिथि प्रहरी  अतिरिक्त महानिरीक्षक श्रि पशुपति उपनध्याय ,प्रहरी उपरीक्षक अरुण कुमार बिसि , रंगेली नगरपालिका का कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मी ,सुनवर्सि नगरपालिका मियर काली प्रसाद दास,धनपालथान गाउँ पालिका का अध्यक्ष हरिलाल सिंह ,  स्थानीय   सुरेश मिश्रा मंङगल चन्द अग्रवाल, शंकार साह, सामुदायिक प्रहरी का अध्यक्ष मचिन्द्र कटुवाल , नगरपालिका का वडा अध्यक्ष रामचन्द्र मंडल, महानन्द मंडल, घन्श्याम पनेरु लागायत काे  समेत उपस्थित मा उक्त कार्यक्र भएको थियोे ।

कार्यक्रम काे  स्वगत मन्तब्य तथा निर्माण प्रतिवेदन प्रहरी नायव उपरीक्षक ईन्जिनियर ईश्वर थापाले गरेका थिए ।  ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले  कार्यक्रम संन्चालन गरेका थिए  ।

उक्त कार्यक्रममा नगर प्रमुख ,स्थानीय ,बुद्धिजीवी  तथा अतिथि  लगायत हरुले प्रहरी काे काम कर्तव्य बारेमा       बाेलेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.