Websoft University

सुन्दरहरैचा वडा नम्बर चारमा विकास निर्माणले गति लियो



शिव भट्टराई - गछीया,चैत्र ३ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा विकास निर्माणको कामले गति लिएको छ । पूर्व–पश्चिम राजमार्गको बाँसबारी चरीगुवा चोक हुँदै खनार जाने बाटो निर्माणले तिव्रता पाएको छ । सो बाटोको क्षमता विस्तार गरी ८ फिटबाट २० फिट बनाउदै लगिएको छ ।

२० फिटको बाटो निर्माण गर्दा स्थानीयवासी देवी ओझा र प्रमोद कोइरालाले जग्गा दिएका छन् । बाटो विस्तार गर्दा उनीहरुले घरको कोठासमेत भत्काउनु पर्ने अवस्था आएपनि सहजरुपमै घर तथा कोठमा भत्काउन दिएर बाटो निर्माणका लागि सहज वातावरण बनाएका छन् । उनीहरुको यस कार्यको स्थानीयवासीले प्रशंसा गरेका छन् ।

वडामा विकास निर्माणको नेतृत्व वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले नै लिएका छन् । उनले वडामा विजुली बत्तीको लागि पोल गाड्ने, तार जडान गर्ने काम पनि अगाडि बढाइरहेका छन् । जनप्रतिनिधि आएपछि आफूलाई मुख्य सडक निस्कन सहज भएको स्थानीय बलबहादुर राईको भनाइ छ ।

स्थानीय उपभोक्ता समितिका अध्यक्ष राजकुमार अधिकारीले पहिले साइकल पनि जान नसक्ने बाटो यतिबेला फराकिलो र स्तरीय हुँदै गएको बताए । उनले भने–‘अब त बाटोमा विजुली पनि बलिरहेको छ, रात, साँझ पनि सहजरुपमै आवत जावत गर्न सकिन्छ ।’ वडा नम्बर ४ को विकास निर्माणमा जनसहभागिता पनि व्यापक रहेको स्थानीयवासीहरु
बताउँछन् ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.