Websoft University

ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाको आठौं बार्षिकोत्सव सम्पन्न


विराटनगर,चैत ५ गते । रातो तारा डट कम, प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाको आठौं बार्षिकोत्सवको अवसरमा ‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तकको विमोचन गर्नुभयो ।

पदमकुमार सरदारद्वारा लिखित सो पुस्तकमा बाँतर जातिको
रहनसहन,संस्कार,पेशा,आर्थिक अवस्था,शिक्षा,धर्म संस्कृतिलगायतका विषयमा समेटिएको छ ।

पूर्वी तराईको सात जिल्लामा बसोवास गर्दे आइरहेको यो जातिको जनसङ्ख्या
२०६४÷०६५को जनगणनाअनुसार ८६ हजार ६२० छ । सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अल्पसङ्ख्यक जातिको पहिचान र उत्थानका साथै संरक्षण तथा सम्बद्र्धन गर्न सरकार प्रतिबद्धरहेको बताउनुभयो ।
.
बाँतर जाति केन्द्रीय कल्याणकारी समितिका अध्यक्ष मोहनलाल सरदारले बाँतर
जातिलाई दलितमा सूचीकृत गरिएकामा असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रदेश नं–१ का प्रदेशसभा सदस्य जयराम यादवले बाँतर जाति पिछडिएको जाति
भएकाले यसको उत्थानका लागि अग्रसर हुनुपर्ने विषयमा जोड दिनुभयो ।

ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक कृष्णराज निरौंलालले पनि आफना कुरा राखेर स्वागत गरेका थिए ।

ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रकासक,सम्पादक पदमकुमार सरदारको अध्यक्षतामा कार्यक्रममा भएको कार्याक्रममा प्रदेश सभा सदस्य कल्पना
सरदार,अधिवक्ता सीता पौंडेले पनि आ आफना कुरा राख्दै सुभकामना दिनु भएको थियो ।

सोही अवसरमा बाँतर जातिको सम्बन्धमा चलचित्र निर्माण गर्नका लागि सो
पत्रिकाका प्रकासक तथा सम्पादक पदमकुमार सरदार र जयदुर्गा फिल्मका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.