Websoft University

उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट पुनःनिर्माण गरिने


काठमाडौँ, माघ २५ गते । रातो तारा डट कम, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेका
छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नेतृत्वमा आज बसेको प्राधिकरण, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रतिनिधिसहितको बैठकले भूकम्पपछि उपत्यकामा क्षतिग्रस्त घर पुनःनिर्माण हुन नसकेको अवस्थालाई ध्यानमा राखेर जग्गा एकीकरण (हाउस पुलिङ) प्रणालीका माध्यमबाट बस्ती विकास गर्ने निर्णय गरेको हो ।

भूकम्पले उपत्यकामा एक लाखभन्दा बढी घर भत्किएका थिए । हालसम्म २० प्रतिशत पुनःनिर्माण मात्र शुरु भएको
छ । थोरै जग्गामा घर बनेका कारण ८० प्रतिशत घरको पुनःनिर्माण शुरु भएको छैन । संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे दुवै महानगरपालिकाका प्रमुखसहितको बैठकले जग्गा एकीकरण प्रणालीमा जाने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत भुसालले बताउनुभयो ।

“बैठकले यससम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ, कार्यदललाई उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे अध्ययन गरी १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ”– उहाँले भन्नुभयो ।

दुवै महानगरपालिका र शहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रुपमा शहरी विकास तथा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त सांगाछँेले सहयोग गर्नुहुनेछ ।

कार्यदलले उपत्यकाभित्र जग्गा एकीकरणको माध्यमबाट कुन कुन ठाउँमा नमूना बस्ती बसाल्न सकिन्छ भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिनुभयो ।

बैठकमा उपत्यकामा जग्गा एकीकरण प्रणालीको विकास सम्बन्धमा परामर्शदाताका रुपमा आमन्त्रण गरिएका विभागका पूर्वमहानिर्देशक सांगाछेँले कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.