Websoft University

महानगरस्तरीय बिधालय तन्तर पुरुष भलिवल हुने


बिराटनगर,माघ २९ गते  । रातो तारा डट कम,भोलिदखि हाट खोलाको खेलमैदानमा मोरङ भलिवल संघ र मोरङ बिधालय भलिवल कमिशनको संयुक्त आयोजनामा प्रथम  बिधालय भलिवल लिंग च्याम्पेनसिप हुने भएकोछ ।

भोलिदेखि भलिवल संघ र भलिवल कमिशन बीच मैत्रिपुर्ण खेल हुने खेलमा पहिलो १५ टिम भिडने र त्यसबाट ८ टिम मात्र छनोट हुने बिधालय लिंग नकाउटको आधारमा खेल खेलाइने आज भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलमा बोल्दै कार्याक्रम संयोजक ईन्द्रबहादुर राईले यो खेल फागुन १ गते १० बजे उदघाटन भए पछि लगारतार रुपमै एक साता सम्म चल्ने र यो खेलको प्रायोजन बिकेबिएम बिराटनगर ११ ले गर्ने भएको जानकारी गराउनु भएको थियो ।

जिल्ला भलिवल संघ मोरङका अध्याक्ष हरिषचन्द्र कोइराला र बिधालय भलिवल कमिशनका अध्याक्ष प्रेमलाल सिंह सुवाल आ आफना धारणहरु राख्दै यो खेलमा करिव रु १ लाख ८१ हजार खर्च हुने छ भने खेलको उदघाटन क्षेत्रीय खेलकुद समितिको संयोजक रबिन नगरकोटीले गर्नु हुने जानकारी गराइएको थियो ।

कार्याक्रम प्रेमलाल सिंह सुवालको अध्याक्षतामा भएको थियो भने भलिवल प्रशिक्षक बीरेन्द्रप्रसाद चौधरीको पनि उपस्थितिरहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.