Websoft University

केराबारी राहत शिक्षक समितिको प्रथम अधिवेशन सम्पन्न


 युवराज ठकुरी/केराबारी,मोरङ, फागुन ४ गते । रातो तारा
डट कम,केराबारी गाउँपालिका,मोरङमा राहत शिक्षक समितिको प्रथम अधिवेशन आज सप्पन्न भएको छ।
 स्रोत केन्द्र केराबारीको सभाहलमा भएको अधिवेशनले नवीन थापा क्षेत्रीको अध्यक्षता १७ सदस्यीय राहत शिक्षक समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा दिलबहादुर राई,महिला उपाध्यक्ष अन्जना घिमिरे, सचिव पृथ्वीनारायण कट्टेल, कोषाध्यक्ष शोभा बास्तोला,सहसचिव यमबहादुर ठकुरी ,सदस्यहरुमा माधबप्रसाद घिमिरे,राजनारायण साह,पर्शुराम मगर,चित्रमाया मगर,चन्द्र श्रेष्ठ,अमरजङ कठ्येत,जीवनाथ दाहाल,राजकुमार साह,दुर्गा सुवेदी,वीरबहादुर देवान,चयन भएका छन् ।

नवीन थापा क्षेत्रीको सभापतित्व र पृथ्वीनारायण कट्टेलको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा राहत शिक्षक प्रदेश समितिका अध्यक्ष गुरु अधिकारी, अतिथिहरु केन्द्रीय सदस्य अर्चना ढुङ्गेल,प्रचार विभाग प्रमुख डिपि ढुङ्गेल, मोरङ जिल्ला वरिष्ठ उपाध्यक्ष सुर्य भन्डारी,मोरङ जिल्ला सचिब परमान्द यादव,जिल्ला सदस्य कृष्ण दाहाल लगायतको उपस्थिति रहेको थियो।
   
राहत शिक्षकहरुले पनि स्थायी शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने र प्रकृया पुर्‍याएर दरबन्दी कायम गरि स्थायी बनाउने पर्ने कुरा सहित अब बन्ने शिक्षा नियमावलीमा राहत शिक्षकहरु पनि हक र अधिकार सुनिश्चित ढङ्गले लेखिनुपर्ने कुरामा कार्यक्रमका अतिथिहरुले जोड दिएका थिए।गठित समितिले केराबारी गाउँपालिकालाई ज्ञापनपत्रसमेत बुझाउने समितिका अध्यक्ष क्षेत्रीले बताए।

कार्यक्रममा शिक्षक दिलबहादुर राईले स्वागत मन्तव्य,यमबहादुर ठकुरीले आर्थिक प्रतिवेदन साथै अध्यक्षद्वारा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको समितिका सचिब पृथ्वीनारायण कट्टेलले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.