Websoft University

जिबनउपयोगी, रोजगार मुलक शिक्षा नितीको अहिले आबश्यक्ता- राष्ट्रपति

श्याम राई-कटारी,उदयपुर फागुन ८ गते । रातो तारा डट कम,राष्ट्रपति बिद्यादेवी भण्डारीले अभाव र गरिबी निवारण शिक्षाबाट मात्रै सम्भव रहने भएकोले सरकारले बैज्ञानिक जिबनउपयोगी र रोजगार मुलक शिक्षा निती आबश्यक रहेको बताईन ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न मुलुकमा वैज्ञानिक शिक्षा नीतिकोआवश्यक रहेको तिनै तहका सरकारहरु त्यस तर्फ अग्रसर हुनु पर्ने उनले बताईन ।
राष्ट्रपति भण्डारीले मङ्गलवार उदयपुरको कटारी नगरपालिका स्थित त्रिवेणी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन ।

उनले मुलुकको समग्र विकासका लागि प्राविधिक जनशक्तिको अभाव रहेकोले सामुदायिक विद्यालयहरु शैक्षिक वेरोजगारहरुको उत्पादन गर्ने थलो नभएर ब्यावहारिक
र जीवनपोगी प्राविधिक जनशक्तिहरु उत्पादन गर्ने केन्द्रको रुपमा विकसित हुनुपर्ने बताईन ।

ब्यवहारिक र ब्यवासायीक शिक्षा प्रणाली लागु गर्न नसकेकाले नेपालमा उत्पादन हुने शैक्षिक बेरोजगारहरु खाडी मुलुक जान बाध्य भएकाले अबको शिक्षा जीवन
उपयोगी हुनु पर्ने बताईन ।

उनले कुषिमा यान्त्रिकिकरण गरि आधुनिक तथा ब्यवसायीकरण गरे मात्र समृद्ध नेपाल
निर्माण गर्न सकिने भन्दै सामाजिक आर्थिक क्रान्तिमा लाग्न सके समृद्ध नेपाल सुखि नेपाली बनाउन सकिने बताईन ।

उनले यस क्षेत्रकै मत्वपुर्ण उदयपुर सिमेन्टउद्योगो सुदृढीकरण गरी यहाँ उतदति जनशक्तीलाई परिचालन गर्न सके बेरोजगारी समस्या हल गर्न सकिने बताईन । बालुवा ढुङ्गा जडिबुटी लगायतका स्थानीय कच्चा पदार्थलाई प्रयोगमा ल्याउने उद्योग स्थापना गर्दै रोजगारीको सृजना गर्नु पर्ने उनले बतईन ।

जलस्रोेत जडिबुटी कृषि र पर्यटन मुलुकको आय आर्जनको प्रमुख क्षेत्र भएकोले यो क्षेत्रको परिचालनको लागि सरकारले उचति व्यबस्थापन गर्नु पर्ने उनले  बताईन ।

सो कार्यक्रममा प्रदेश नम्बर ! का मुख्यमन्त्री शेरधन राईले जनताको इच्छा र चाहना बमोजिम बिकास र समृद्धिको चाहना पुरा गरिने बताउनुभयो । मुख्यमन्त्री राईले हामी बिशाल राजमार्गमा छौं, हाम्रा पहिलो काम भनेको सुशासन, स्थायीत्व, समृद्धि हो, यस प्रदेशलाई मुलुककै नमूना समृद्ध प्रदेश बनाउने योजना रहेको बताए ।

उनले समृद्धिका लागि सबै क्षेत्रबाट हातमा हात काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गर्दै प्रदेश नम्बर १ मा हिमाल, नदिनाला, चिया, राष्ट्रिय निकुन्जहरु समेत रहेकाले यो प्रदेश आर्थिक रुपमा सवल रहेको बताउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.