Websoft University

कैदीबन्दीको उपचार नभएपछि कारागारमा कैदीबन्दी आन्दोलित


विराटनगर,फागुन १२ गते । रातो तारा डट कम,विभिन्न सजाए पाएर मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीले विरामी हुँदा समयमै उपचार नपाएपछि आन्दोलित भएका छन् । विरामी परी उपचार गर्न गएका ६ जना कैदीबन्दीको उपचार नभएपछि कारागारमा कैदीबन्दी आन्दोलित भएका हुन् ।

कारागारको सुरक्षामा खटिएको प्रहरीले ढिलो गरी उपचार गर्न लादा कैदीबन्दीहरुको उपचार नभएपछि उनीहरुले आज कारागार भित्र आन्दोलनमा उत्रिए । ‘मोरङ कारगारका ६ जना कैदी शुक्रबार विरामी परेका थिए,’ कारागारका चौकीदार अबिशेक गिरीले भने, ‘कारागार प्रशाननले हस्पिटल लैजाने चिठी समेत बनायो ।

सुरक्षामा खटिएका प्रहरीले समयमै हस्पिटल नलादा कैदीबन्दी उपचारबाट बन्चित हुनुपरेको छ ।’ मोरङ कारागारमा विभिन्न रोगका करिब ५० जना विरामी रहेको चौकीदार गिरीले बताए । ‘विरामी परेका कैदीबन्दी हस्पिटल जान कारागारको ‘पिकेट’ मा बिहान ८ बजेदेखिनै लाइनमा बसेका हुन्छन्,’ चौकीदार गिरीले भने, ‘सुरक्षामा खटिएका प्रहरी हस्पिटलको समय अवधि सकिन लाग्दा मात्र आइपुग्दा कैदीबन्दी उपचारबाट बन्चित हुनुपरेको छ ।’

‘प्रहरीले दिउँसो १२ बजे हस्पिटल लिएर जान्छन्, शुक्रबार सञ्चारकर्मीसँग कैदीबन्दीले भने, ‘हस्पिटल पुग्दा पूर्जी काटने समय नै सकिएको हुन्छ । प्रहरीकै ढिलासुस्तीले गर्दा हामीले उपचारबाट बन्चित हुनुपरेको छ ।’ ती कैदीले भने, ‘उपचार गर्न लगेपनि प्रहरीले तुक्ष व्यवहार गर्ने गरेको छ ।’

मोरङ कारागारमा सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक गणेश राइले शुक्रबार गाडी आउन ढिलो भएको कारणले गर्दा मात्र ढिलो भएको बताए । अन्य बेलामा समयमै उपचार गर्न कैदीबन्दीलाई जाने गरेको उनले दाबी गरे । उनले भने, ‘केही समयअगाडी कैदी फरार भएपछि अहिले सुरक्षा चाही कडा पारिएको हो । तर, कैदीबन्दीलाई समयमै उपचार गर्न लाने गरको छौं ।’

कारागारका जेलर प्रेमप्रसाद सापकोटाले विरामी हुने वितिकै हस्पिटल लैजान हामी चिठी बनाइदिने गरेको बताए । ‘शुक्रबार सुरक्षाकर्मीले ढिलोगरी उपचार गर्न लादा कैदीबन्दीको उपचार नभएको रहेछ,’ उनले भने, ‘यस विषयमा मैले जिल्ला प्रसाशन कार्यालयलाईसमेत जानकारी गराएको छु ।’

मोरङ कारागारमा ६ सय ८५ जना पुरुष कैदीबन्दी तथा ६६ जना महिला र ६ जना आस्रित बालक रहेको जेलर सापकोटाले जानकारी दिए । क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको मोरङ कारागारमा सबैभन्दा बढी घोडा, छाला र दमको बिरामीहरु बढी रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.