Websoft University

देशै भरिबाट कवि र लेखक बिराटनगरमा ओर्लिए- यहाँ बृहत् कवि सम्मेलन हुदै,



बिराटनगर, फागुन ४ गते । रातो तारा डट कम,नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल लेखक संघ मोरङ को सयुक्त आयोजनामा आज र भालि १ नम्वर प्रदेशको राजधानी बिराटनगरमा देशै भरि, अर्था सातै प्रदशका लेखक कविहरुलाई यहा उतारेकोछ।

फागुन ४ र ५ गते चल्ने यो बृहत् कवि सम्मेलनका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका उप कुलपति बिष्णु बिभु घिमिरेले आज एक समारोहका बीच कार्याक्रमको उदघाट गर्नु भयो ।

उदघाटन सत्रलाई सम्वोधन गर्दै घिमिरे,साहित्य र साहितिक लेखन क्षेत्रले पनि सबैलाई सुचना शिक्षा जस्ता कुराहरुलाई समेटेर सचेत गराउने जस्ता कुराहरु उल्लेख गर्दै, यो बृहत् कवि सम्मेलन सफलताको शुभ कामना छ भन्नु भयो ।

उदघाटन सत्रमा महानगरपालिकाका मेयर भीम पराजुलीले सम्मेलन सफलताको शुभ कामना दिदै, बिराटनगर महानगरपालिकाले पनि यो वर्ष देखि बृहत् वाषर््िक रुपमा कवि सम्मेलन गर्नै कि, भन्ने सोच राखेकाले बिराट लेखक सम्मेलनाम उपस्थित कवि, लेखकहरु सुइााव दिन आग्रह गर्नु भयो ।

कार्याक्रममा बिभिन्न वक्ताहरुले आफना धारणहरु पेस गर्दै बृहत् कवि सम्मेलन सफल्ताको शुभ कामना दिनु भएको थियो ।

यो उदघाटन सत्रको कार्याक्रमबाटै दुई जना साहित्याकार र कवि सम्मानित हुनु भएकोछ । सम्मानित हुने कृष्ण प्रधान साहित्याकार, उहाँका १३ कृतिहरु प्रकाशित छन, भने अर्का नवराज पुडासैनी सम्मानित हुनु भएको हो ।

कार्याक्रममा कार्यसमितिको नाम सल्लाकारहरुको नाम प्रदेश कार्यसमितिका पदाधिकारीहरुको नामहरु पनि उदघाटन सत्रमा पढेर सुनाईएको थियो ।

काय्रममा नेपाली लेखक संघ मोरङका सल्लाकार दधिराज सुवेदीले देशैभरिबाट आउनु भएको कवि लेखक ज्यु हरुलाई स्वागत गर्नु भएको थियो भने कार्यसमितिका उपाध्यक्ष दिङलाली कान्छो र सचिव मीन कुमार नवोदितले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व संघका सभापति गोकुल अधिकारीले गर्नु भएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.