Websoft University

बेलका १ को आम्वासीमा शहरी स्वास्थ्य केन्द उदघाटन


बिराटगर, माघ १८ गते । रातो तारा डट कम,नगरपालिकाहरु स्थापना भए सगै “आर्थिक समृद्घी र सामाजिक न्याय र भौतिक पुर्वाधार सामाजिक परिचालन शुशासन र दिगो विकासको आधार”भन्ने नाराका साथ बेलका नगरपालिका जनताकै सेवाका लागि सडक खानेपानी बिजुली बती, स्वास्थ्य र शिक्षा जस्ता हरेक क्षेत्रमा अगि बढेरहेको कुरा मेयर दुर्गा कुमार थापाले जानकारी गराउनु भएकोछ ।

प्रदेश नम्वर १ को उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्वर १ आम्वासीमा भएको शहरी स्वास्थ्य केन्द्रको कार्याक्रमका प्रमुख अतिथि मेयर कुमार थापाले स्वस्थ्य केन्द्र उदघाटन गर्दै,कार्याक्रममा सो कुरा बताउनु भएको हो ।
अहिले बेलका नगरपालिकाले कृषि मेलाको आयोजना गरेकोछ यस कृषि मेलाबाट सबै नगर वासिहरुले बढीफाईदा लिन आवान समेत गर्नु भएकोछ ।

त्यसैगरी बेलका नगरपालिकाले नगरले गरेका बिकास निमार्णका कामहरुलाई पारदर्सि बनाउदै,आफनै नगरपालिका क्षेत्रमा कृषि मेलाको आयोजना गरेकोछ ।
यो मेला माघ १७, १८, र १९ गते भोलि सम्म लाग्ने भन्दै, बेलका नगरपालिकाकी उप मेयर राजकुमारी चौधरीले शहरी स्वास्वस्थ्य केन्द्र आम्वासीको उदघाटन कार्याक्रममा यस केन्द्रबाट सबै जनताले बढी भन्दा बढी फाइदा लिन आग्रह गदै, सो कुरा बताउनु भएको हो ।
अहिले बेलका नगरपालिकाले नगर क्षेत्रको बिकास निमार्णलाई चुस्त र दुरुस्त बनाउन बनिरहेका बाटा वा अन्या निमार्णहरुको अनुगमन सुरु गरेको बताईएकोछ ।














Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.