Websoft University

३४जना छात्रा र १३ जना छात्र गरि ४७ जनालाई निशुल्क साईकल बितरण


श्याम राई-गाईघाट, फागुन ५ गते । रातो तारा डट कम,उदयपुरको चौडण्डीगढीले विपन्न छात्राछात्रहरुलाई साईकल बितरण गरेका छन् ।

निम्न आय स्रोत भएका छात्रा छात्रा छनौट गरी पहिलो पटक ३४जना छात्रा र १३ जना छात्र गरि ४७ जनालाई
निशुल्क साईकल बितरण गरिएको नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।

उनले नगरको वडा नं.२ मा रहेको प्लस टुका कक्षा ११ र १२ मा अध्ययनरत विपन्न छात्र छात्राहरुलाई साईकल बितरण गरेको बताए । सामुदायिक बिद्यायलको शैक्षिक स्तर उकास्न यो कार्यक्रम लागु गएिको वडा नं.–२ का वडा अध्यक्ष संन्तोष सुवेदीले बताए ।

मेयर राईले आगामी बर्ष देखि सबै वडामा बिपन्न बिद्यार्थीहरुको लागि साईकल बितरण गरिने बताए । बेल्टार उच्च माबिमा अध्ययनरत सिर्जना कटुवाले साईकल पाइपछि आफूलाई पढ्न उत्साह बढेको बताईन् । बिद्यालय आउन एक घण्टा लाग्दथयो । अब साईकलबाट आउँदा निकै सहज भएको उनले भनिन् ।

बेल्टार आसपासको भित्ते,माडीबास,झोरापाटा,भुल्के लगायतका ग्रामीण क्षेत्रबाट बिद्यालय टाढा रहेकोले ती भेगबाट बर्षेनी ठूलो संख्यामा छात्र छात्राहरु वीचमै अध्ययन छाड्ने गरेकोले अब यो प्रवृति घट्ने वडाअध्यक्ष सुबेदीले बताए  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.