Websoft University

कृष्णप्रसाद सिग्देल स्मृत पुरस्कार पत्रकार रिमाललाई


विराटनगर, माघ २१ गते । रातो तारा डट कम,
 रपूर्व सूचना तथा सञ्चार मन्त्री  शेरधन राईले देशमा राजनीतिक स्थिरता एवम् सुशासन कायम राखी विकासलाई मुख्य एजेण्डा वनाउनु पर्ने वताए ।

उनले  २० औं प्रेस चौतारी स्थापना दिवसको उपलक्ष्यमा कृष्णप्रसाद सिग्देल स्मृत प्रतिष्ठानद्धारा स्थापित  युवा पत्रकारिता पुुरस्कार वितरण गर्दै यस्तो बताएका हुन् । पूर्व मन्त्री राईले कृष्णप्रसाद सिग्देल स्मृत पुरस्कार उद्घोष दैनिकमा कार्यरत पत्रकार कमल रिमाललाई  रु ११ हजार  १ सय ११ राशी सहित सम्मान पत्रले सम्मान गरे ।

सो अवसरमा नेकपा एमाले पोलिटव्यूरो सदस्य एवम्  प्रदेश नम्बर १ का प्रदेश सदस्य समत रहेका राईले संविधान कार्यान्वयन र जनताको आर्थिक सम्वृद्धि गराउने कार्यमा  सवैको ठूलो जिम्मेवारी रहेको बताए ।

नेकपा एमाले मोरङ्ग अध्यक्ष विनोद ढकालले , प्रेश चौतारीका उपाध्यक्ष लिलाराज भट्टराई , प्रेस चौतारीका मोरङ्ग अध्यक्ष  रामचन्द्र अधिकारीले  कृष्णप्रसाद सिग्देलको बारेमा चर्चा
गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.