Websoft University

श्रम अदालतमा ६९ मुद्दा फछ्र्योट


काठमाडौँ, माघ २२ गते । रातो तारा डट कम, श्रम अदालतले साउनयता ६९ मुद्दा फछ्र्योट गरेको छ । अदालतले अघिल्लो र यस वर्षका १६१ मुद्दामध्ये ती मुद्दा फछ्र्योट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी गराउनुभयो । दर्ता भएका ९२ मुद्दा फछ्र्योट गर्न बाँकी छ । साउनयता अदालतमा ३५ मुद्दा दर्ता गरिएका छन् ।

श्रमिकले जहाँ काम गरेको हो त्यहाँ छिनोफानो नभएपछि न्यायका लागि श्रम अदालतमा मुद्दा दर्ता गराउँछन । उहाँका अनुसार फछ्र्योट गरिएकामध्ये बढीजसो निजी प्रतिष्ठानमा काम गर्ने मजदुरका बढी रहेका छन् ।

अदालतमा धेरैजसो नियुक्तिपत्र, सेवाबाट हटाइएको, तोकिएको तलब नदिएको जस्ता मुद्दा पर्ने गरेका छन् । अदालतमा मुद्दा हेर्ने अधिकारी देवेन्द्रराज ढकालको एकल इजसालबाट हरेक हप्ता बुधबार, बिहीबार र शुक्रबार फैसला हुने गरेको छ । अदालतले श्रमिकका मुद्दामात्र हेर्ने गरेको छ । अदालतले फछ्र्योट गरेका मुद्दा भने टेकुस्थित श्रम कार्यालयले कार्यान्वयन गर्ने गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.