Websoft University

नाटक प्रशिक्षण सम्पन्न


बाबुराम मुडियारी-विराटनगर, फागुन ११ गते । रातो तारा डट कम,कला र संस्कृतिको उत्थान नाटक जागरण अभियान मुल उदेश्यका साथ अन्तर विद्यालय वाईवाई नाटक उत्सव मोरङ –२०७५ सफल बनाउने उदेश्यले सुमेरु कला सरोबरको आयोजनामा ३ दिने नाटक प्रशिक्षण विराटनगरमा सम्पन्न भएको छ ।

सो प्रशिक्षणमा सरकारी तथा निजि विद्यालयहरु २० वटा विद्यार्थी शिक्षक सहभागिता रहेको छ । नाटक प्रशिक्षण मोरङका ६ केन्द्रमा विभाजन गरी २०७४ फागुन ८-९-१० गते, पुष्पलाल चौकको घिमिरे सेवा सदनमा संचालन गरी सम्पन्न भएको हो र मिलसेरीयामा फागुन ११-१२-१३, गते, बेलबारीमा फागुन २०-२१-२२ गते, उर्लाबारी र पथरीमा फागुन २३-२४-२५ गते, रंगेलीमा फागुन २८-२९-३० गते ३ दिने निशुल्क प्रशिक्षण सम्पन्न गरेकोछ ।

 चैत्र र बैशाख महिना भरी प्रशिक्षण लिइ गएको विद्यालयले १५ मिनेट नबढाइ नाटक निर्माण गरी आगामी २०७५ जेष्ठ ४ गते देखि आयोजना गर्न लागीएको अन्तर विद्यालय वाईवाइ नाटक उत्सव मोरङ २०७५ को एउटै मञ्चमा सहभागी विद्यालयको नाटक १० दिन लगातार विराटनगरको गुरुकुलमा मञ्चन हुने र सि.जि. फ्ड्स नेपाल प्रा.लि. को वाईवाई चाउचाउ, प्याब्सन मोरङको सहकार्य र सुमेरु कला सरोवरको आयोजनामा हुने समेरु कला सरोवरका कोडिनेटर सुरवि सावकोटाले बताए गरेकोछ।

 नाटक प्रशिक्षण शिल्पी थिएटरका सविन कटेल, उद्धव सापकोटाले प्रशिक्षाण दिएका थिए । तालिममा सहभागी प्रशिक्षाथी सरस्वती मा.वि.का विद्यार्थी धिरज मुडियारीले तालीममा सिकेका कुरा व्यवहारमा उतारी कुशल रंगकर्मि बन्ने बताए ।

रंगकर्मिको माध्यमद्धारा कला संस्कृतिको जगेर्ना गर्ने मुल उद्देश्यका साथ स्थापना भएको सुमेरु कला सरोवरले आफ्नो उद्देश्य अनुरुप विभिन्न गतिविधि गर्दै नाटक विद्या पाठ्यक्रममा समावेश भएतापनि प्रयोगात्मक रुपमा अध्यापन नगराइने नाटक विद्यालाई सुनसरी जिल्ला मा निजि तथा सरकारी विद्यालयका विद्यार्थीहरुलाई लक्षीत गरी अन्तर विद्यालय नाटक जागरण अभियान २०७३ सम्पन्न गरेको र नाटक सम्बन्धी प्रशिक्षण निशुल्क प्रदान गरेको थियो ।

अन्तर विद्यालय नाटक उत्सवका क्रममा नाटक प्रशिक्षण लिई आएका १०४ विद्यालयका १५९ प्रशिक्षार्थीलाई ५ केन्द्रमा विभाजन गरि प्रत्येक केन्द्रमा ३ दिने लेखन निर्देशन प्रश्तुतीकरण र अभिनय प्रशिक्षणको कार्यक्रम निशुल्क सम्पन्न भएको थियो ।

 प्रशिक्षण लिएकाबाट नाटक उत्सवमा सहभागी भएका ६६ विद्यालयका ६६ वटा नाटकमा ८११ जना विद्यार्थीलाई लेखन निर्देशन  प्रस्तुत कर्ता र अभिनेताका रुपमा जन्माउन सफल भएको र नाटक उत्सवमा सहभागी भएका विद्यार्थी मध्ये १० विद्यालयका १० वटा नाटकलाई उत्कृष्ट घोषणा गरि पुरस्कृत गरि सहभागी ८११ विद्यार्थी मध्ये ५ जनालाई उत्कृष्ट लेखक, ५ जनालाई उत्कृष्ट निर्देशक ५ जनालाई उत्कृष्ट अभिनेता र ५ जनालाई उत्कृष्ट अभिनेतृ घोषणा गरी सि.जि. फुड्स नेपालद्धारा पुरस्कार वितरण गरेको थियो ।

नेपालमै पहिलोपटक ऐतिहासिक अन्तर विद्यालय वाइ वाइ नाटक उत्सव सुनसरी २०७३ सफलतापूर्वक सम्पन्न भएको सुमेरु कला सरोवरले जानकारी गराएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.