Websoft University

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगरको अध्यक्षमा उत्तमकुमार बञ्जरा


शिव भट्टराई-इटहरी, माघ २१ गते । रातो तारा डट कम,
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर संगठन कमिटिको प्रथम अधिवेशन आइतबार इटहरी–३ तालतलैया क्षेत्रमा सम्पन्न भएको छ ।

अधिवेशनबाट उत्तमकुमार बञ्जरा अध्यक्षमा सर्वसम्मत भएका छन् । त्यसैगरी उपाध्यक्षमा राजु लामा, सचिवमा कृष्ण घिमिरे, सहसचिवमा बीरु गुरुङ्ग र कोषाध्यक्षमा भुवन आलेमगर पनि सर्वसम्मत भएको अध्यक्ष उत्तमकुमार बञ्जराले जानकारी दिएका छन् ।

त्यसैगरी, महानगर कमिटिको सदस्यहरुमा राजन ढकाल, केदार कटुवाल, डोमी कामत, कुलबहादुर खत्री (सागर), मुरारी फूयाल रहेका छन् । अन्य सदस्यहरुमा जीवन खनाल, दिनेश थापामगर, यादव घिमिरे, कुशकुमार भण्डारी (दिव्य) सन्दीप ढुङ्गाना (क्षेत्री), विकास गुरुङ्ग र सुदाम कार्की रहेका छन् । अध्यक्ष बञ्जराले सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको बताए ।

अधिवेशनलाई संगठनका कानुनी सल्लाहाकार उमेशचन्द्र न्यौपानेले सफलताको शुभकामना दिएका थिए । न्पौपानेलाई सोही अवसरमा सम्मानसमेत गरिएको छ । त्यसैगरी यातायात मजदुरका नेताहरु कृष्णप्रसाद सुवेदी, टिकाप्रसाद लिम्बू, सरोज श्रेष्ठ, किशोरी धमला, गौरीमान लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा किरण खड्का, कृष्णप्रसाद सुवेदी र सरोज श्रेष्ठलाई यातायातका व्यावसायी महासङ्घको भर्खरै सम्पन्न महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएकोमा सम्मान गरिएको छ । साथै २०३६ सालदेखि संगठनमा आवद्ध रही संगठन मजबुद बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कमल बुढाथोकीलाई सम्मानसमेत गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.